2026-07-24 10:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नारायणी किनारमा तटबन्धसहितको सडक निर्माण हुँदै

पुस २२, काठमाडौँ | नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पर्ने नारायणी नदी किनारमा तटबन्धसहितको सडक निर्माण अगाडि बढाइएको छ । तटबन्धसहितको सडक निर्माण जिल्लाको गैँडाकोट नगरपालिकाबाट अगाडि बढाइएको हो । 

नारायणी नदी व्यवस्थापनसहित सडक निर्माणका लागि गैँडाकोटतर्फ नारायणी नदी व्यवस्थापन एवं तटबन्धन (कुसुमघाट–थुम्सी) आयोजना अघि बढेको गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले बताउनुभयो । सङ्घीय सरकारको नारायणी नदी व्यवस्थापन आयोजनाअन्तर्गत सञ्चालन हुने यस आयोजनाले गैँडाकोटका वडा नम्बर २, ६ र ९ लाई समेट्ने रिजालको भनाइ छ । “निर्माण कार्यका लागि एक महिना अगाडि नै काठमाडौँको मूलपानीस्थित निर्माण व्यवसायी ‘श्री रमण–त्रिवेणी जेभी’सँग सम्झौता भइसकेको छ”, उहाँले भन्नुभयो, “यही मङ्सिर २७ गतेदेखि आयोजनाको काम सुरु भइसकेको छ ।

उक्त आयोजना विसं २०८२ जेठ १८ गते सम्पन्न गर्नेगरी मङ्सिर १५ मा सम्झौता भएको रिजालले बताउनुभयो । आयोजनाको लागि आवश्यक पर्ने क्रसर प्लान्ट गैँडाकोट–६ मा स्थापना गरी वडा नम्बर–९ बाट आयोजनाको काम सुरु भइसकेको प्रमुख प्रशासकीय अधिकृत रिजालले जानकारी दिनुभयो । आयोजनाअन्तर्गत गैँडाकोटमा चार हजार नौ सय ४५ मिटर बाटो उकाससहित कङ्क्रिट ब्लकको तटबन्धन हुनेछ । 

गैँडाकोट–६ का वडाध्यक्ष सुभाष चापागाईंका अनुसार वडा नम्बर २ मा पाँच सय मिटर, वडा नम्बर ६ मा छ सय ३० मिटर, वडा नम्बर ९ मा छ सय ६५ मिटर, विपी अन्तर्राष्ट्रिय खेलग्राममा तीन हजार एक सय ५० मिटर बाटो उकाससहित कङ्क्रिट ब्लकको तटबन्ध निर्माण हुनेछ । तटबन्धसहित नदी किनारमा बन्न लागेको सडकको उचाइ नदीको सतहबाट सात दशमलव आठ मिटर तथा चौडाइ १२ मिटरको हुने जनाइएको छ । उक्त आयोजना सङ्घीय सरकारको रु एक अर्ब ९७ करोड ६८ लाख ८१ हजारमा सम्झौता भएको हो । 

कुसुमघाट–थुम्सी आयोजनाको निर्माण कार्य समयमै सम्पन्न गराउन आवश्यक पर्ने निर्माण सामग्री (ढुङ्गा, गिट्टी तथा बालुवा) नदीबाटै उत्खनन गरिने वडाध्यक्ष चापागाईंले जानकारी दिनुभयो । आयोजना निर्माण कार्यका लागिमात्र प्रयोग गर्नेगरी आयोजनाको आवश्यकताअनुसार नदीजन्य पदार्थ उत्खनन तथा उत्पादन गर्न अस्थायी क्रसर प्लान्ट स्थापना तथा सञ्चालन अनुमति प्रदान गरिएको उहाँले बताउनुभयो । 

निर्माण व्यवसायीका आधिकारिक प्रतिनिधि सुवास तिमल्सिनाबाट निवेदन पेश भएअनुरुप ठेक्का सम्झौता बमोजिम अस्थायी क्रसर प्लान्ट स्थापना तथा सञ्चालन गर्न दिइएको गैँडाकोट नगरपालिकाले जनाएको छ । नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख शङ्कर कँडेलका अनुसार जल, जमिन, ध्वनि तथा वायु प्रदूषण नियन्त्रण विधि तथा उपाय अवलम्बन गरी क्रसर प्लान्ट स्थापनाका लागि अनुमति प्रदान गरिएको छ । 

पुस ८ गते बसेको गैँडाकोट नगरपालिकाअन्तर्गतको नगर विपद् व्यवस्थापन समितिले नदी किनारमा तटबन्धसहितको सडक निर्माणका लागि आवश्यक पर्ने नदीजनय पदार्थ उत्खनन गर्न अनुमति दिने निर्णय गरेको कँडेलले बताउनुभयो । आयोजनाको क्याम्प तथा क्रसर प्लान्ट स्थापनाका लागि करिब चार बिघा जमिन भाडामा उपलब्ध गराइने उहाँको भनाइ छ । 

गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले नगरको भाडा निर्धारण समितिबाट यथोचित भाडा निर्धारण गरी कार्यालयले तोकेको स्थानमा क्याम्प तथा क्रसर प्लान्ट स्थापना गर्न सहमति प्रदान गरिएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक