2026-07-25 03:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वासको मतबारे हामीलाई खबर आएको छैन: महन्थ ठाकुर

पुस २४, काठमाडौँ | लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मतबारे पार्टीले कुनै निर्णय नगरेको बताएका छन्। 

पार्टीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ठाकुरले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बारे पार्टीमा कुनै जानकारी नआएकाले अहिले केही निर्णय नगरिएको बताए। 

सरकारले विश्वासको मतबारे पार्टीलाई औपचारिक जानकारी गराए छलफलबाट निर्णय लिने उनको भनाइ छ।

लोसपा सरकारमा जाने कि नजाने भन्ने प्रश्नमा ठाकुरले भने, ‘विगतदेखि नै हामीसँग भएका सम्झौता कार्यान्वयनमा आएका छैनन्। अहिले पनि सरकारको न्यूनतम साझा कार्यक्रममा हाम्रो मागलाई समावेश गरिएको छैन। हाम्रो माग सरकारले पूरा गर्नुपर्छ। माग पूरा गर्ने ठोस प्रतिवद्धता आए हामी निर्णय गर्छौ।’

आफूहरू सत्तारुढ सात दलमा नरहेको भन्दै उनले सरकारलाई समर्थन वा प्रधानमन्त्रीलाई विश्वासको मतबारे पुस २६ गते नै थाहा हुने बताए। उनले भने, ‘अहिलेसम्म हामीलाई सरकारको तर्फबाट कुनै औपचारिक प्रस्ताव आएको छैन। आएपछि पार्टीमा छलफल गरेर निर्णय लिन्छौँ। के हुन्छ भन्ने बारे चाहिँ पुस २६ गते नै थाहा होला।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक