2026-06-16 05:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेरो नाम मात्रै लिन निषेध गरिएको ठाउँमा उभिँदा नयाँ अनुभूति भयो : राउत

पुस २५, काठमाडौं | जनमत पार्टीका अध्यक्ष सीके राउतले संसद्मा उपस्थित भएर बोल्न पाउँदा नयाँ अनुभूति भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा उनले विगतमा आफ्नो नाम पनि लिन निषेध रहेको भन्दै उनले अहिले लोकतान्त्रिक व्यवस्था र जनताको अभिमतले सम्भव भएको बताए । 

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सोमबार राउतले भने, 'कुनै बेला मेरो नाम मात्रै लिन पनि निषेध गरिएको थियो, त्यो ठाउँमा आज आफैं आएर उभिँदा नयाँ अभुनूति दिएको छ । यसका लागि लोकतान्त्रिक व्यवस्था र जनताको अभिमतलाई धन्यवाद दिन चाहन्छु ।'


प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ दलहरूमा उत्साह र आवेग रहेको भन्दै दिएको अभिव्यक्तिमा राउतले भने, 'प्रधानमन्त्रीले नयाँ दलहरुमा आवेग पनि छ भन्नुभयो । हामीमा आवेग मात्रै नभएर अग्रजहरुप्रति सम्मान पनि रहेको छ । नयाँ दलहरूमा रहेको आवेग जनताभित्र रहेको परिवर्तनको आकांक्षा रहेको हो । त्यसलाई सकरात्मक परिवर्तनको लागि प्रयोग गरिनेछ ।'

राउतले मुलुकको अखण्डताप्रति आफू प्रतिबद्ध रहेको बताए । त्यस्तै संघीयतालाई थप बलियो बनाउनुपर्ने उनको धारणा थियो । विगतमा दरबारमा टिकट काटेर पनि हेर्न नपाउने मुलुकको सर्वोच्च निकायमा जनताको सन्तान पुगेको भन्दै जनमत पार्टी गणतान्त्रिक व्यवस्थाप्रति कटिबद्ध रहेको बताए । उनले लोकतान्त्रिक व्यवस्थाको निम्ति जनमत पार्टी सदैव लाग्ने धारणा राखे । यस क्रममा उनले नयाँ पार्टीहरू लोकतान्त्रिक व्यवस्थाकै कारणले संसद्मा पुगेको बताए ।

सरकारले बहुदलीय लोकतन्त्रलाई संरक्षण गर्नुपर्ने तथा शिक्षा, स्वास्थ्य र रोजगारीका आकांक्षा पूरा गर्न लाग्नुपर्ने राउतको भनाइ थियो ।

राउतले आफ्नो निर्वाचन क्षेत्रबाट विगतमा संसद्मा प्रतिनिधित्व गर्ने स्वर्गीय गजेन्द्रनारायण सिंहलाई स्मरण गरेका थिए । मंसिर ४ को निर्वाचनमा आफूसँग पराजित भएका जसपाका अध्यक्ष उपेन्द्र यादवप्रति पनि सम्मान रहेको भन्दै उनले स्मरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई