असोज २, विराटनगर | थारु महिलासभा मोरड कार्यसमितिले थारुहरुले जितिया पर्वलाई आन्दोलन दिवशका दिनका रुपमा मनाउने निर्णय गरेको छ ।

आफुहरुले विगत दुई दशक देखि आफ्नो हक र अधिकार प्राप्तिका लागी आन्दोलन गरेको भएपनि स्वायत प्रदेश निमार्ण, समावेशी प्रतिनिधित्व र आन्दोलनको सत्य तथ्य न्यायिक छानविन गर्न माग गरेको छ । आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गदै सो कुरा बताइएको हो ।

सरकारसगँ भएको १३ बुदे माग पुरा गराउनको लागी थारुहरुको महान पर्वलाई आन्दोलन दिवशको रुपमा मनाउन लागेको थारु महिला सभा अध्यक्ष कल्पना चौधरी ले वताउनुभयो । साथै आगामी समयमा संवैधानिक निकार्यमा थारु महिलाको प्रतिनिधित्व गराउनका लागी भएपनि थारुहरुसगँ भएका सम्झौता कार्यन्ययन गर्नुपर्ने बताउनुभयो ।

September 18, 2016
मोरङ्ग - MRG, राजनीति
थारुहरुले आन्दोलन गर्ने
By साझासवाल
2 मिनेट पढाइ