2026-07-25 04:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब सांसदको जिब्रो चिप्लिएर ‘म भ्रष्टाचारसँग जोडिएको छु’ भने …

पुस २६, काठमाडौँ | प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत बारेको छलफलमा एक सांसद आफ्नो जिब्रो चिप्लिँदा समस्यामा परेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत माग्दै राखेको प्रस्तावका सम्बन्धमा धारणा राख्ने क्रममा स्वतन्त्र सांसद योगेन्द्र मण्डलले चिप्लिएर आफू भ्रष्टाचारसँग जोडिएको बताएका हुन् ।​

‘मन्त्रीज्यूहरूले चाहनुभयो भने मलाई भ्रष्टाचारबारे धेरै कुरा थाहा छ, किनकी म त्यो सँग जोडिएको छु,’ मण्डलले भने ।

त्यसपछि आफूले गलत बोलें भन्ने महसूस गरेका उनले अक्मकाउँदै थपे, ‘भ्रष्टाचारसँग जोडिएको भनेको …(हाँस्दै) म काम गर्दाखेरी त्यो भोगेको छु ।’

उनले यसो भनिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा मन्त्रीहरू पनि हाँसेका थिए ।

त्यसलाई प्रस्ट्याउन उदाहरण दिँदै उनले थपे, ‘मैले एउटा ट्रेडिङ कम्पनी (सञ्चालन) गरेको थिएँ । बाहिरबाट सामान ल्याउँथें । अनि त्यो भन्सारबाट पास गराउने बेलामा … त्यो थाहा छ भन्या हो क्या ।’

एमाले पृष्ठभूमिका मण्डल मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र निर्वाचित सांसद हुन् । उक्त क्षेत्रमा एमालेले जसपालाई सघाएपछि मण्डल बागी उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक