2026-07-25 11:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमानलाई जेलबाट छुटाइदिन्छु भन्दै वेश्यावृतीमा लगाउने होटेल म्यानेजरसहित तीन जना पक्राउ

पुस २७, काठमाडौँ | कारागारमा जेल जीवन विताइरहेको श्रीमानलाई छुटाइ दिने र एक रातमा चार हजार कमाइ हुने भन्दै महिलालाई वेश्यावृतीमा लगाएको आरोपमा वीरगञ्जबाट एक होटेल म्यानेजरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले वीरगञ्ज- १५ मा रहेको होटेल रानीपोखरीका म्यानेजर वीरगञ्ज- ८ निवासी अनिलकुमार अरोडा, होटेलमै वेटरको काम गर्ने महोत्तरी गौशाला नगरपालिका- ११ बस्ने रमेशकुमार श्रेष्ठ र लम्जुङ राईनास नगरपालिका- ४ बस्ने डोलनाथ कट्टेललाई पक्राउ गरेको हो।

होटलमा मानव वेचविखन तथा ओसार पसार जन्य कार्य भैरहेको सूचनाको आधारमा गत आइतबार पर्सा प्रहरीले होटेलमा छापामारी गरेको थियो।

सो क्रममा पक्राउ परेका डाेलनाथ बारा घर बताउने २५ वर्षकी महिलासँग होटेलको १०८ नम्बर कोठामा आपतिजनक अवस्थामा भेटिएका थिए।

उनीहरूलाई नियन्त्रणमा लिएर महिला सित सोधपुछ गर्दा ती महिलाले होटेल म्यानेजर र वेटरले कारागारमा रहेका आफना श्रीमानलाई छुट्टाइ दिने र एक रातको चार हजार कमाइ हुने भनी प्रलोभन देखाइ चाहना बिपरित वेश्यावृती गर्न वाध्य बनाएको भनी ती महिलाले बताएको पर्साका प्रहरी प्रबक्ता एवं प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए।

पक्राउ परेका तीनै जनालाई उक्त कार्य मानव बेचविखन तथा ओसार पसार सम्बन्धिको कसूरमा अदालतबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान भइरहेको गिरिले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक