2026-07-25 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६० वर्षमा पहिलो पटक घट्यो चीनको जनसंख्या, विश्व अर्थतन्त्रमै असर पर्ने

माघ ३, काठमाडौँ | दशकौँपछि चीनको जनसंख्या घट्न पुगेको छ। यो ऐतिहासिक परिवतर्नले चीनको आन्तरिक र विश्वकै अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्ने विश्लेषण गरिएको छ।

विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक चीन श्रम र मागको अत्यन्त महत्वपूर्ण स्रोत हो। जसले चीन र विश्वमै आर्थिक वृद्धिलाई गति दिँदै आएको छ।

मंगलबार नेसनल ब्युरो अफ स्टाटिस्टिक्सले २०२२ मा जनसंख्या ८ लाख ५० हजारले घटेको  जनाएको छ। अहिले चीनको जनसंख्या १.४११७५ छ। चीनमा ६० वर्षमा पहिलो पटक जनसंख्या घटेको हो।

‘यो ऐतिहासिक मोड हो। यो दीर्घकालीन, उल्ट्याउन नसकिने जनसंख्या घट्ने क्रमको सुरुवात हो,’ युनिभर्सिटी अफ क्यालिफोर्निया, इर्भिनस्थित चिनियाँ जनसंख्याका विज्ञ वाङ फेङले भने।

गत वर्ष जन्मिनेहरुको संख्याभन्दा मर्नेहरुको संख्या ज्यादा भएपछि यसको सुरुवात भएको हो। गतवर्ष ९५ लाख ६० हजार बच्चा जन्मेका थिए। 

चीनको जन्मदर ७० वर्षयताकै न्यून विन्दुमा छ। गत वर्षको जन्मदर प्रतिहजार जनसंख्या बराबर ६.७७ मात्र छ। २०१९ मा त्यो १०.४१ थियो।

तर, मृत्युदर भने गतवर्ष १९७० यताकै सबैभन्दा उच्च अर्थात् ७.३७ प्रतिहजार पुगेको छ।

जन्मदर घट्ने क्रमको सुरुवात १९८० मा लगाइएको एक सन्तानको नीति थियो। त्यसलाई हटाएर २०१६ मा दुई सन्तान नीति लागू गरिएको थियो।

राष्ट्रसंघले चीनको जनसंख्या २०५० मा १.३१ अर्बमा झर्ने आकलन गरेको छ। सो अनुमानअनुसार यसै वर्ष जनसंख्यामा भारतले चीनलाई उछिन्नेछ। एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक