2026-06-17 01:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हुन्डी कारोबारको आरोपमा साढे २२ लाख रुपैयाँसहित दुई पक्राउ

माघ ४, काठमाडौँ | प्रहरीले हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा थप २ जनालाई २२ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१६ नगवाका ३४ वर्षीय विकास साह र वीरगन्ज–१८ इनरुवा मनियारीका १९ वर्षीय सुवास कुमार साह छन् । उनीहरुलाई प्रहरीले मंगलबार दिउँसो साढे २ बजे वीरगन्ज–८ घण्टाघर क्षेत्रबाट पक्राउ गरेको हो । 


अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको चेकिङ टोलीले भारतीय नम्वर बीआर ०५ एई ९३४३ को स्कुटरमा दुई जना व्यक्तिरू शंकास्पद ठानेपछि स्कुटर रोकी चेक गर्ने क्रममा पछाडि बसेका सुवास कुमार साहले बोकेको झोलाबाट उक्त परिमाणमा नगद बरामद भएको हो । उनीहरुले बरामद नगदको स्रोत खुलाउन नसकेको हुँदा नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिमको कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए ।

प्रहरीले पुस १८ गते वीरगन्ज महानगरपालिका वडा नं १७ का १९ वर्षीय राजन कुमार साहलाई वीरगन्ज–२५ सिर्सियाबाट स्रोत नखुलेको १२ लाख २० हजार रुपैयाँ सहित पक्राउ गरेको थियो । चालु आवमा प्रहरीले ७ जनालाई हुन्डी कारोबार गरेको आरोपमा पक्राउ गरिसकेको छ । ती मध्ये १ भारतीय नागरिक हुन् । पक्राउ परेकाहरुबाट ९५ लाख ९८ हजार ३ सय रुपैयाँ बरामद भएको छ ।

गत आर्थिक वर्षभर प्रहरीले २२ जनालाई हुन्डी कारोबार गरेको आरोपमा पक्राउ गरेको थियो । ती मध्ये १० नेपाली र १२ भारतीय नागरिक थिए । उनीहरुको साथबाट १ करोड ६५ लाख १३ हजार ६ सय २० रुपैयाँ बरामद भएको थियो । यस्ता कारोबारीहरुले विभिन्न माध्यमबाट भारत पुगेको नेपाली रुपैयाँ बोकेर ल्याउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ