2026-07-25 06:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निहारिका र शिवराजबीच सम्बन्ध सुधारको संकेत, छोरोको फोटो पोष्ट गर्दै श्रेष्ठले लेखे– ‘माइ हिरो’

माघ ६, काठमाडौँ | बलात्कारको अभियोगमा उच्च अदालत जनकपुरमा मुद्दा खेपिरहेका शिवराज श्रेष्ठले छोराको फोटो फेसबुकमा पोष्ट गर्दै ‘माइ हिरो’ लेखेका छन् । बिहीबार साँझ ९ः०६ बजे सामाजिक सञ्जालमा एक बालकको फोटो पोष्ट गर्दै शिवराजले माइ हिरो लेखेका हुन् । 

बिहीबार साँझ सामाजिक सञ्जालमा पोष्ट गरिएको फोटो शिवराजमाथि जबर्जस्ती करणीको आरोप लगाउने निहारिका राजपुतबाट जायजन्म भएको बालकको तस्वीर हो । ढाकाको टोपीमा सजिएका बालकको तस्वीर पोष्ट गर्दै शिवराजले लेखेका छन्, ‘माइ हिरो : भियान श्रेष्ठ राजपुत’ । त्यसपछि शिवराजले लभ साइनको इमोजी समेत पोष्ट गरेका छन् ।

 स्मरणीय के छ भने केही समय अगाडि मात्रै उच्च अदालत जनकपुरले बालक र आरोपित शिवराजको डीएनए टेष्ट गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि गरिएको टेष्टमा बालकको डीएनए शिवराजसँग म्याच भएको थियो । उच्च अदालत जनकपुरका श्रोतका अनुसार शिवराज र बालकको डीएनए ९९ दशमलब ९९ प्रतिशत मिलेको छ । 

उच्च अदालत जनकपुरमा मुद्दा चलिरहेकै समयमा शिवराजले बिहीबार साँझ बालकको फोटो पोष्ट गर्दै माइ हिरो लेखेका हुन् । साथमा छोराको नाम भियान श्रेष्ठ राजपुत भनी उल्लेख गरेका छन् । उक्त फोटो शिवराजले कहाँबाट कसरी प्राप्त गरे केही बताएका छैनन् ।  

शिवराजले राखेको बालकको फोटो सेयर गर्दै निहारिकाले लेखिन्– ‘मेरो बाबु हो’

आफूलाई कुमारी आमा भनेर चिनाउने निहारिका राजपुतले प्रतिवादी शिवराज श्रेष्ठले फेसबुकमा पोष्ट गरेको बालकको फोटोसहितको स्टाटस सेयर गरेकी छिन् । बिहीबार राती शिवराजले गरेको बालकको तस्वीर सहितको पोष्ट रिपोष्ट गर्दै लेखेकी छिन्, ‘मेरो बाबु हो ।’  

बलात्कारको अभियोगमा उच्च अदालत जनकपुरमा मुद्दा खेपिरहेका शिवराज श्रेष्ठले एक बालकको फोटो फेसबुकमा पोष्ट गर्दै ‘माइ हिरो’ लेखेका थिए । बिहीबार साँझ ९ः ०६ बजे सामाजिक सञ्जालमा एक बालकको फोटो पोष्ट गर्दै ‘माइ हिरो : भियान श्रेष्ठ राजपुत’ भनी लेखेका थिए । साथमा शिवराजले लभ साइनको इमोजीसमेत राखेका थिए । 

त्यसको करिब एक घण्टापछि निहारिका राजपुतले शिवराजको उक्त पोष्टलाई रिपोष्ट गर्दै लेखेकी छिन्, ‘मेरो बाबु हो ।’ स्मरणीय के छ भने केही समय अगाडि मात्रै उच्च अदालत जनकपुरले बालक र आरोपित शिवराजको डीएनए टेष्ट गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि गरिएको टेष्टमा बालकको डीएनए शिवराजसँग म्याच भएको थियो । उच्च अदालत जनकपुरका श्रोतका अनुसार शिवराज र बालकको डीएनए ९९ दशमलब ९९ प्रतिशत मिलेको छ । 

उच्च अदालत जनकपुरमा मुद्दा चलिरहेकै समयमा शिवराजले बिहीबार साँझ एकाएक बालकको फोटो पोष्ट गर्दै माइ हिरो लेख्नु र निहारिकाले शिवराजको स्टाटस सेयर गर्दै मेरो बाबु हो लेख्नुले निहारिका र शिवराजबीचको सम्बन्धमा सुधार आएको आंकलन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक