असोज ३, नवलपरासी । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा नवलपरसीले आज संविधान दिवसको दिन कालो दिन मनाउदै छ । 

मोर्चाको घोषित विरोध कार्यक्रम अनुस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ३, नवलपरासी । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा नवलपरसीले आज संविधान दिवसको दिन कालो दिन मनाउदै छ । 

मोर्चाको घोषित विरोध कार्यक्रम अनुस"/>

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजको दिन मधेशीका लागि कालो दिन: मोर्चा

२०७३, ३ आश्विन सोमबार ०५:२४


असोज ३, नवलपरासी । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा नवलपरसीले आज संविधान दिवसको दिन कालो दिन मनाउदै छ । 

मोर्चाको घोषित विरोध कार्यक्रम अनुसार आज विहान ७ बजे जिल्लाको सदरमुकाम परासीको बुद्धचोकमा टायर बाल्दै विभिन्न ठाउँमा कालो झण्डा बाँध्ने र नाराबाजी सहित विरोध प्रदर्सन गरिएको छ ।  

यता सरकारी निकायहरुले संविधान दिवसको अवसरमा विहान प्रभात फेरि र्याली निकाले संगै मोर्चाले पनि आफनो विरोधको कार्यक्रम पनि अगाडी सारेको हो । संविधान नेपाली जनताको हकमा मात्र सिमित रही मधेशी जनताको हक–अधिकारलाई सुनिश्चित नगरेको संघिय मधेशी फोरम नेपालका अध्यक्ष धरेन्द्र यादवले आरोप लगाए । 

यादवका अनुसार मधेशी जनताको, स्वायत्त मधेश प्रदेश, संघियता, सिमांकन, समावेशी समानुपातिक, नागरिकता लगायतका जायज मागहरु संविधानमा सम्बोधन नगरिएको हुँदा हामी मधेशी जनतालाई यो मान्य नभएकाले कालो दिनको रुपमा मनाउन लागेको बताए ।


संविधान घोषणा भएदेखि नै आन्दोलनमा उत्रिएको मोर्चाले विभिन्न धनज्यानको क्षति समेत व्यहोर्दै आएको छ । संविधान संशोधान र विभिन्न सहमतिको नाममा झुक्याउदै आएको सरकारले अझैपनि संविधानमा मधेशी जनताहरुको हक–अधिकार सुनिश्चित नगरेको मोर्चाका संयोजक मुकुर गिरीले आरोप  लगाए । 

मोर्चाले आज कालो दिनमा विहान टायर बाल्ने, कालो झण्डा बाध्ने र नाराबाजी सहित विरोध प्रदर्शन गरेको छ भने दिउसा १२ बजे ठुलो विरोध र्याली निकाली कोषण सभा गर्ने र साँझ ७ बजेदेखि ८ बजेसम्म मोर्चाले ब्लोआउट (बत्ती निभाउने) कार्यक्रम गर्ने जनाएको छ । यसै कार्यक्रम अन्तर्गत भोलि महेशपुर सिमामा यस आन्दोलनमा शहिद भएका व्यक्तिहरुको प्रति हार्दिक श्रद्धान्जली सभा समेत आयोजना गर्ने बताइएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी