2026-07-25 03:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामचन्द्र पौडेले आफू सभामुख हुँदा दु:खद अनुभव यसरी सुनाए

माघ १०, काठमाडौँ | नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफू सभामुख हुँदा संसद विघटनको स्मरण गरेका छन्। मंगलबार प्रतिनिधिसभामा सभामुख तथा उपसभामुखलाई बधाई तथा शुभकामना दिँदै बरिष्ठ नेता पौडेलले आफ्नो कार्यकालमा संसद विगठन हुँदा गम्भीर चुनौतीको सामना गर्नुपरेको अनुभव सुनाए। 

सदनमा प्रतिपक्षमा सहिष्णुता नहुँदा त्‍यतिबेला संसद विघटन भएको तीतो अनुभव सुनाए। उनले यसरी संसद विघटनको बेलिबिस्तार लगाए।

‘संसद विघटनको कुरा आयो। विघटन भइदियो। बहुमतले अविश्वासको मत पेश गरिसकेपछि संसद विघटन भयो। मुद्दा अदालतमा गयो। अदालतले यो विघटनलाई खारेज गरिदियो। त्यतिखेरको प्रतिपक्षमा सहिष्णुणताको ज्यादै कमी देखियो। प्रधानन्यायाधीशलाई नै महाभियोगको प्रस्ताव आइदियो। मेरो अगाडि गम्भीर चुनौती  आयो। संविधानले भन्छ मुद्दा मामिलामा अदालतको निर्णय सबैले मान्नुपर्छ। अदालतको निर्णय सबैले मान्नुपर्छ भन्दाभन्दै अदालत र प्रधानन्यायाधीशलाई महाभियोग आएपछि मलाई वास्तवमा सभामुखको हैसियतले संसदको व्यवस्‍थापन गर्नु मात्रै महत्वपूर्ण थिएन देशको संविधानको रक्षा  गर्नु  थियो। भरखर आएको लोकतान्त्रिक प्रकियाको रक्षा गर्नु थियो।’

नेता पौडेलले सभामुखको जिम्मेवारी अति चुनौतीपूर्ण  रहेको भन्दै पक्ष र विपक्षमा सन्तुलन मिलाएर लैजानुपर्ने बताए। उनले भने,’ कहिलेकाही अतिरञ्जजित कुरा आउँछन्। त्यसको पनि सभामुखले सन्तुलन कायम गर्न सक्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक