Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

चट्याङ लागेर तीन बालकको ज्यान गयो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज ३, मोरङ । कोसीहरैंचा नगरपालिका–१ मा आज अपराह्न चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोसीहरैंचा–१ का सीताराम उराउका १२ वर्षीय छोरा सन्देश, चन्द्र बस्नेतका सात वर्षीय छोरा चिराक र राकेश सुब्बाका आठ वर्षीय छोरा राहुल रहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए ।

चट्याङ लागेर गम्भीर घाइते बनेका तीनै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेलगत्तै उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

चट्याङ लागेर कोसीहरैंचा–१ का उद्धव भट्ट्राईका १० वर्षीय छोरा रोजन र राजन भट्टराईका ११ वर्षीय छोरा अनन्त गम्भीर घाइते भएकामा दुवै बालकको प्रतिष्ठानमै उपचार भइरहेको छ ।

सबै बालक भेला भएर स्थानीय बाँस झ्याङमा खेलिरहेका बेला चट्याङ परेको थियो ।