कमल सुबेदी/असोज ३/पोखरा
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मुलुकमा संविधान कार्यान्वयन गर्ने बेला केहि बाह्य शक्तिहरु संविधान संशोधन गर्ने तर्फ लागेको आरोप लगाए । उनले संविधान गतिशिल दस्तावेज भएको बताउदै कसैको दवाबमा संविधान संसोधन नहुने स्पष्ट पारे ।मुलुकलाई राजनीतिक र संवैधानिक संकटतर्फ धकेल्ने षडयन्त्र भैरहेको भएको भन्दै संविधान च्यात्ने,जलाउने पाण्खडीको पछि एमाले नलाग्ने बताए ।
पोखरामा सोमबार आयोजित समारोहमा प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा स्थापित प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट पत्रकार निमदत्त सुवेदीलाई सम्मान गर्दै महासचिव पोखरेलले उक्त कुरा बताएका हुन् ।
उनले भने–‘ संविधान गतिशील दस्तावेज भएको कारण लोकतान्त्रिक प्रकृयाबाट हुने बताउदै बाह्य हस्तक्षप ले संविधान संशोधन नहुने ठोकुवा गरे ।’ उनले नेपालमा विभिन्न बहानामा संविधान कार्यान्वयन हुन नदिने र राष्ट्रिय स्वाधिनता कमजोर बनाउने खेल भैरहेकोले एमाले राष्ट्रिय मुद्धामा कसै सँग नझुक्ने बताउदै उनले राष्ट्रिय मुद्धामा सबै शक्तिहरु एक हुनुपर्नेमा जोड दिए ।
प्रेस चौतारी पत्रकारीता पुरस्कार बाट सुबेदीलाई नगद ११ हजार १११ रुपैयाँ सहित दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गरिएको हो । सुबेदी रासस क्षेत्रिय प्रमुख हुन् । यस अघि उत्त पुरस्कार बाट पत्रकार पुन्य पौडेल ,माधव शर्मा,नवराज सुबेदी,हरि बास्तोला,बद«ी बिनोद प्रतिक,खेम सारु,दुर्गा भन्डारी लगाएतका सम्मान भइसकेका छन् ।