2026-07-24 06:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृह मन्त्रालय नपाएको झोंकमा रास्वपाले सरकार छोड्छ भने हाम्रो भन्नु केही छैनः मातृका यादव

माघ १७, काठमाडौँ | सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले सत्ता घटक राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाएको झोंकमा सरकार छोड्छ भने आफूहरूको भन्नु केही नरहेको बताएको छ। माओवादी केन्द्रका नेता मातृका यादवले मंगलबार कुरा गर्दै रास्वपा आफूले गृह मन्त्रालय नै नपाएर सरकार छोड्ने हो भने आफूहरूलाई समर्थनको कमी नहुने बताए।

‘हामीलाई २ वटा पार्टीबाहेक सबैको समर्थन छ। एउटा पार्टीले सरकार छोड्दैमा फरक पर्दैन’, उनले भने,‘अहिलेको परिस्थिति र अवस्थामा रास्वपालाई गृहमन्त्री दिन सकिँदैन। सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म हामीले कुर्नुपर्छ। अहिलेको अवस्थामा गृह मन्त्रालय रास्वपालाई दिन सकिँदैन। हामीलाई समर्थनको कुनै कमी छैन,’ उनले भने।

उनले रवि लामिछाने नेतृत्वको रास्वपाले सरकार छोड्दा पनि अहिलेको सरकारलाई कुनै फरक नपर्ने बताए।

आजै बिहान रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई  बालुवाटारमा भेटेका थिए। भेटका क्रममा लामिछानेले पहिलाको भागबन्डाअनुसार गृह मन्त्रालय आफूलाई दिन भनेका थिए। उनको नागरिकता कायम नरहेको र उक्त नागरिकता पेस गरेर उनले जितेको सांसद पद बदर हुने सर्वोच्चको फैसलापछि उपप्रधानसहित गृहमन्त्री रहेका लामिछानेको पद गएको थियो।

माघ १३ गते गृहमन्त्रीबाट राजीनामा दिएका लामिछानेले माघ १५ मा प्रक्रिया पूरा गरेर पुरानो नागरिकता पुन: प्राप्ति गरेका छन्। फेरि नागरिकता लिएकै साँझ लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफूलाई फेरि गृहमन्त्री बनाउन अनुरोध गरेका थिए। प्रधानमन्त्री प्रचण्ड भने लामिछानेलाई फेरि गृहमन्त्री बनाउने पक्षमा छैनन्। मंगलबार दिउँसो बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआएसम्म नयाँ मान्छे गृहमन्त्री नबनाउने बताएका छन्।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक