2026-07-25 12:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता छन् मलेसियाका गृहमन्त्री नेपाल आउनुका दुई उद्देश्य!

माघ १९, काठमाडौँ | तीन दिने भ्रमणका लागि मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इजमायल आज नेपाल आउँदैछन् । साँझ ७ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेछन् । 

गृह मन्त्रालयको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् । नेपाल भ्रमणको क्रममा उनले गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल लगायतसँग भेट गर्नेछन् । 

उनको नेपालमा भ्रमणमा के कस्ता विषयमा छलफल हुने भनेर तय भइसकेको छ । नेपाल भ्रमणको क्रममा श्रम सम्झौताका विषयमा समेत छलफल हुनेछ । नपाल र मलेसियाबीच २०७५ कात्तिक ११ गते श्रम सम्झौता भएको थियो । सरकारले विभिन्न देशसँग भएका श्रम सम्झौताहरू पुनरावलोकन गर्दै लैजाने नीति ल्याएको छ । सोही आधारमा मलेसियासँग पनि समयसापेक्ष परिमार्जनको विषय उठ्नेछ । 

नेपाल भ्रमणको उद्देश्य

नेपाल भ्रमणमा आउनुमा मलेसियाको पनि छुट्टै स्वार्थ छ । मलेसियाले पछिल्लो समय कामदारको अभाव खेप्दै आएको छ । कोरोना महामारीपछि मलेसियाको अर्थतन्त्र सुधारतर्फ गइरहेको छ । विगतमा बन्द रहेका उद्योगधन्दा खुल्न थालेका छन् । नयाँ नयाँ उद्योगभन्दा पनि खुल्ने क्रम जारी छ । यस्तो अवस्थामा मलेसियामा तत्काल ५ लाखभन्दा बढी कामदार चाहिन्छ । मलेसिया पछिल्लो समय नेपाली कामदारको प्रमुख श्रम गन्तव्य मुलुक बन्दैछ । मलेसियामा रोजगारीका पर्याप्त अवसर पाउनुका साथै तलब भत्ता समेत बढी पाउने भएपछि नेपालीहरूको रोजाइमा पर्न थालेको हो ।

मलेसियाका लागि नेपाली राजदूत दिल्लीराज पौडेलका अनुसार यो भ्रमण श्रम मन्त्रालय र गृह मन्त्रालयको संयुक्त भ्रमण हो । यसमा गृहमन्त्री इजमायलले नेतृत्व गर्न लागेका हुन् । भोलि (शुक्रबार) दिनभर औपचारिक कार्यक्रम र भेटघाटका कार्यक्रम तय भएका छन् । त्यसपछि उनी पर्सी (शनिबार) स्वदेश फर्किनेछन् । मलेसियाले हाल ‘रिक्यालिब्रेशन प्रोग्राम’ ल्याएको छ । यस प्रोग्राम अन्तर्गत मलेसियामा अवैधानिक रूपमा बसिरहेका विदेशी कामदारलाई आममाफी दिने रहेको छ । 

‘कोही विदेशी कामदार अवैधानिक रूपमा बसेका छन् भने उनीहरूलाई आम माफी दिएर कानुनको मूल धारमा ल्याउने उनीहरूलाई वैधानिक हुन अवसर दिने कार्यक्रममा मूल आशय हो,’ राजदूत पौडेलले भने । 

मलेसियाले पछिल्लो समय आफ्नो देशमा काम गर्न बसेका विदेशी कामदारहरूलाई बढी प्राथमिकतामा दिएको छ र उनीहरूको हकहितका लागि विभिन्न कार्यक्रम ल्याएको छ । आममाफी दिनको लागि मलेसिया सरकारले कानुनी मापदण्ड समेत तय गरेको छ । उक्त मापदण्ड अनुसार परेका सबै विदेशी कामदारले आममाफी पाउनेछन् । र वैधानिक भएर घर फर्किनुको साटो त्यही काम गर्न पाउनेछन् । 

‘सामान्यतया परिस्थितिले बाध्य भएर परिबन्धमा परेर गैरकानुनी भएकाहरूलाई वैधानिक बनाउने उनीहरूको मापदण्ड छ । त्यही आधारमा त्यो मापदण्ड पुरा गर्नेले उक्त प्रोग्राममा सहभागी हुन पाउँछन् । यो कामदार केन्द्रित उनीहरूको फाइदाको लागि हो,’ राजदूत पौडेलले भने ।  

मलेसियाको अर्को ‘लेबर रिल्याक्सेसन प्लान’ छ । त्यो भनेको ठुलो सङ्ख्यामा विदेशी कामदार ल्याउने हो । मलेसियाले तत्काल ५ लाख थप कामदारको माग गरेको छ । त्यो नेपालसहित विभिन्न १५ देशबाट ठुलो मात्रामा कामदार माग गर्दै आएको छ । मलेसियाले नेपालसहित भारत, बंगलादेश, श्रीलंका, फिलिपिन्स लगायतका मुलुकबाट बढी सङ्ख्यामा कामदार लैजाने गरेको छ । मलेसियाले नेपालबाट पनि ठुलो सङ्ख्यामा कामदार पाउने अपेक्षा राखेको छ । सोही आधारमा मलेसियाका गृहमन्त्रीको टोली नेपाल भ्रमणमा आएको हो । 

‘कोरोना महामारीपछि मलेसियाको अर्थतन्त्र बिस्तारै खुल्दैछ । बन्द भएका उद्योगधन्दाहरू खुल्दैछन् । नयाँ कम्पनीहरू पनि थपिँदैछन् । यो अर्थमा उनीहरूलाई ठुलो सङ्ख्यामा कामदार चाहिएको छ । अर्थात् सामान्य तरिकाभन्दा अलि विशिष्टीकृत तरिकाले ठुलो सङ्ख्यामा चाहिएको छ । ठुलो सङ्ख्यामा लैजाने कार्यक्रम छ,’ उनले भने । 

नेपाल भ्रमणको क्रममा उनीहरूले आफ्नो प्रोग्रामको बारेमा नेपालका सरोकारवालासँग जानकारी गराउने, छलफल गर्ने र कसरी अगाडि बढ्न सकिन्छ भनेर कार्यक्रम तय गर्ने भ्रमणको प्रमुख उद्देश्य रहेको उनको भनाई छ । 

त्यो बाहेक प्रधानमन्त्रीसँग समेत भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समेत गृहमन्त्रीसँगको भेटका लागि तयारी थालेको छ । उनीसँगको भेटको क्रममा नेपालले नेपाली कामदारको सामाजिक सुरक्षा, तलब सुविधा, उपचारको व्यवस्था लगायतका विषय उठान गर्ने मन्त्रालयले जनाएको छ । 

मलेसियामा ३ लाखको हाराहारीमा नेपाली कामदार कार्यरत छ । मलेसियाले घरेलु कामदार समेत माग गर्ने जनाएको छ । उक्त विषयमा नेपाली अधिकारीहरूसँग छलफल गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो