2026-07-25 11:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आयोजना निर्माणमा अन्तर समन्वय आवश्यक छ : राष्ट्रपति भण्डारी

माघ २७, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकका विकास पूर्वाधार  आयोजनाको गति सुस्त रहेकाले यससम्बन्धी समस्या सम्बोधनका लागि विद्यमान कानुनमा सुधारको खाँचो औँल्याउनुभएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन भौतिक पूर्वाधारणका आयोजना अघि बढाउँदा वातावरणीय प्रभावको पाटोमा पनि उत्तिकै ध्यान दिन सुझाव दिनुभयो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो, “आयोजनालाई तीव्र गतिमा अघि बढाउन अन्तर निकायबीच समन्वय आवश्यक छ । पूर्वाधार निर्माणको गुणस्तर सुधारका लागि सबैको ध्यान जान जरुरी छ । आयोजना छनोट र स्रोत व्यवस्थापनमा पनि विशेष ध्यान दिनुपर्छ ।”

उहाँले राष्ट्रिय सुरक्षालाई ध्यानमा राखी रणनीतिक आयोजनालाई अघि बढाउनुपर्नेमा जोड दिँदै भन्नुभयो, “सबै स्थानीय तहका वडामास्तरीय सडक पु¥याउन, उत्पादित सामग्री बजारसम्म पु¥याउने सडक बनाउन आवश्यक, सडक यात्रालाई भरपर्दाे र सुरक्षित तुल्याउने कार्य योजना हुनुपर्छ । जनधनको सुरक्षाका लागि प्रभावकारी कदम चाल्नुपर्छ ।”

मुलुकको व्यापार सन्तुलनका लागि नीति कार्यक्रम परिलक्षित हुनुपर्नेमा जोड दिँदै उहाँले सुशासन कायम गराउन सार्वजनिक सेवा चुस्त दुरुस्त हुनुपर्छ भन्नुभयो । मुलुकमा शान्तिसुरक्षा कायम गर्नु सरकारको प्रमुख जिम्मेवारी भएको बताउँदै राष्ट्रपति भण्डारीले शिक्षा क्षेत्रको सुधारका लागि जनशक्ति र स्रोतमा व्यापक सुधार आवश्यक  रहेको बताउनुभयो ।

देशका  सबै खाले उत्पादनलाई विश्वविद्यालका पाठ्यक्रमसँग जोड्न आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “सबै नागरिकलाई सरल, सुभल र सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य बीमालाई तीव्ररुपमा अघि बढाउनुपर्छ, स्वास्थ्य क्षेत्र चलायमान बनाउनुपर्छ, स्वास्थ्य क्षेत्रका जनशक्तिलाई प्रोत्साहन गर्नुपर्छ ।”

महिला अधिकार र विकासमा देशले हासिल गरेका उपलब्धि कमी नरहेको बताउँदै उहाँले महिला र शिक्षामा भएको प्रगति सन्तोषजनक रहेको बताउनुभयो । बालबालिकाको स्वास्थ्य, शिक्षा र लालनपालनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारीले सडक बालबालिकाको सङ्ख्या निमिट्यान्न गर्न अब ढिलाइ गर्न हुन्न भन्नुभयो ।

देश र भविष्यप्रति आशावादी युवा जनशक्ति तयारमा जोड दिँदै उहाँले ज्येष्ठ नागरिकको अनुभव र सीपको सम्मान गर्न सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला