घट्टेखोलास्थित सडक छेउको भित्तामा रह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... घट्टेखोलास्थित सडक छेउको भित्तामा रह"/>
2026-07-24 07:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गुफा भित्रको कलात्मक आकृति हेर्न घुइँचो

फागुन २, काठमाडौँ | ग्रामीण सडक खन्न लाग्दा  भित्ताको चेपभित्रको गुफामा कलात्मक आकृति भेटिएपछि यहाँ अहिले   अवलोकन गर्न आउनेको घुइँचोे छ । 

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९दाप्चाको घट्टेखोलास्थित सडक छेउको भित्तामा रहेको गुफामा चुनढुङ्गाको कलात्मक आकृति भेटिएपछि त्यहाँ मानिसको भीड लागेको हो । गुफाका भित्ताभर विभिन्न आकृतिका कलात्मक चित्रहरु देखिए पछि देवीदेवताको बासस्थान रहेको भन्दै पूजा गर्न थालिएको छ । अहिले सो ठाउँमा दैनिक सयौँको सङ्ख्यामा स्थानीय बासिन्दा जाने गरेका छन् । वडानं ८ गहतेका हिराबहादुर तामाङ छोराले सामाजिक सञ्जालमा गुफाका बारेमा राखेको थाहा पाएर हेर्न आएको बताउनुभयो । 

वडा नं ९ बाघमाराका बद्री श्रेष्ठले भित्र पस्न अफ्ठेरो भए पनि गुफाभित्र पुगेपछि देवीदेवताको विभिन्न आकृति देख्न पाइएको जानकारी दिनुभयो । “धेरै पटक भित्र गएर हेरेको छु”, उहाँले भन्नुभयो, “त्यहाँ गएपछि धेरै आकर्षक आकृतिहरु हेर्न पाइन्छ ।” सो ठाउँको जग्गाधनीसमेत रहनुभएका  वडा नं १० का विनोद लामाले वडा नं ९ बाट बसेरी जोड्ने सडक खन्ने बेलामा सो ठाउँमा फूल आकृतिको ढुङ्गाका साथै बाघको दाह्राजस्तो ढुङ्गासमेत फेला पारेको बताउनुभयो । “करिब दुई वर्षअगाडि सो ठाउँ भएर सडक खन्ने क्रममा भित्ताको चेपमा मान्छे पस्न सक्ने सानो दुलो देखापरे पनि करिब एक महिनाअगाडि मात्रै भित्र पसेर हेर्दा विभिन्न आकृति पाइएपछि मानिसको भीड बढ्न थालेको हो”, उहाँले भन्नुभयो, “सुरुमा शिवलिङ्ग आकारको ढुङ्गा फेला परेकामा  पछि हेर्न आउनेहरुले त्यो ढुङ्गा लिएर गएको बताइएकोे छ ।” भित्र मिलेर बस्दा आठ÷दसजना अटाउने  ठाउँ रहेको लामाले बताउनुभयो ।

वडा नं ९ का हरेराम श्रेष्ठले त्यहाँ भएका कलात्मक वस्तु हेर्न आउनेहरुले केही मूर्ति घरमा लगेर पूजा गरेको भन्ने कुरा पनि सुन्नमा आएकाले त्यसको संरक्षणका लागि आफूहरु जुटेको जानकारी दिनुभयो । गुफाभित्रे टल्किरहेको आकृतिमा धूप बत्ती बालेर पूजा गर्नेको भीड बढेको छ तर  त्यसले प्राकृतिक सुन्दरमा असर पार्ने भएकाले त्यसो नगर्न र  संरक्षणमा सबै लाग्न आवश्यक रहेको सोही ठाउँका पुष्पराज श्रेष्ठले बताउनुभयो ।

स्थानीय बासिन्दा ज्ञानबहादुर लामाले सो ठाउँ वडा नं ९ र १० को सिमानामा रहेको हुनाले संरक्षण र प्रवद्र्धनका लागि दुवै वडा मिलेर आवश्यक बजेट व्यवस्थापन गर्न पहल गर्नुपर्नेमा जोड दिनुभयो। त्यसका लागि संरक्षण समिति बनाउन आफूहरु लागिरहेको उहाँले बताउनुभयो । बुद्धपार्क संरक्षण समितिका अध्यक्षसमेत रहनुभएका लामाले दाप्चाको सो भेगलाई नै समेटेर पर्यटकीय क्षेत्रकारूपमा विकास गर्न सबैको साथ र सहयोग हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक