2026-07-25 01:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रवीन्द्र मिश्रको प्रस्ताव : ज्ञानेन्द्र शाहलाई ‘राष्ट्रप्रमुख’का रूपमा विचार गर्ने कि?

फागुन १०, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रपतिमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई अघि बढाउन सकिने प्रस्ताव गरेका छन्। राष्ट्रपतिको निर्वाचनपूर्व मिश्रले सामाजिक सञ्जाल फेसबुकमा यस्तो प्रस्ताव गरेका हुन्।

‘देश नै निरन्तर कमजोर, वदनाम र संकटउन्मुख बन्दै गएको अवस्थामा राजा ज्ञानेन्द्रलाई ‘राष्ट्रप्रमुख’का रूपमा किन अघि नसार्ने?’ मिश्रले प्रश्न गरेका छन्।

ज्ञानेन्द्रले गरेको गल्तीलाई सुधार्ने मौका दिनुपर्नेसमेत तर्कसमेत मिश्रले गरेका छन्। ‘अरूले दशकौँसम्म दिनदिनै राष्ट्रघात गर्दा क्षम्य हुने। अहिले पनि चौतर्फीरूपमा व्यापक स्वीकार्यता भएको र देशको दिर्घकालीन शान्ति, स्थिरता, सम्मान र सार्वभौमिकताका लागि राजा ज्ञानेन्द्रले एक पटक गरेको ‘गल्ती’ सुधार्ने मौका पाउन नहुने?’ मिश्रले भनेका छन्।

राष्ट्रिय प्रजातन्त्र दिवसमा पूर्व राजा ज्ञानेन्द्र शाहले एक वक्तव्य जारी गर्दै मुलुक जोगाउन राजनीतिक दल र राजसंस्था मिल्नुको विकल्प छैन नरहेको बताएका थिए। यही विषय जोड्दै मिश्रले दलहरुले सहकार्यका लागि बिलम्ब गर्न नहुने सुझावसमेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक