१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चार दलको बैठक : राष्ट्रपतिमा साझा उम्मेदवार बनाउने प्रयास

१२ फाल्गुन २०७९, शुक्रबार ०६:००

फागुन १२, काठमाडौं | तत्कालीन पाँच दलीय गठबन्धनबाट राष्ट्रपतिमा साझा उम्मेदवार बनाउन प्रयास गरिने भएको छ । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाट राष्ट्रपतिमा दाबी गरेपछि छलफलबाट एउटा व्यक्तिलाई मात्रै साझा उम्मेदवार बनाउन प्रयास थालिने भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा पुराना गठबन्धनका नेताहरु राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल गरी रहेका छन् । त्यस बैठकबाट राष्ट्रपतिमा सकेसम्म एउटै व्यक्तिलाई साझा उम्मेदवार बनाउन प्रयास गर्न थालिएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताए । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेसबाट सभापति शेरबरहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, नेता राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल र नेता घनश्याम भुसाल सहभागी छन् ।

राष्ट्रपतिको विषयलाई लिएर एमाले बिच्किएपछि पुरानो गठबन्धनबाट एउटै व्यक्तिमा सहमती खोज्ने प्रयास भइ रहेको ती सदस्यले बताए । कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति हुने चर्चा भएपनि पार्टी सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाले समेत आकांक्षा राखेका छन् । 

यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि राष्ट्रपतिमा आकांक्षा राखेका छन् । नेपाललाई राष्ट्रपति बनाउन कांग्रेस समेत तयार भएमा माओवादीले समेत साथ दिने बताएको छ ।  त्यसो भएमा नेपाल नै राष्ट्रपतिको  साझा उम्मेदवार हुन सक्ने आकलन गरिएको छ । यदि नेपाल राष्ट्रपतिको साझा उम्मेदवार नभएमा कांग्रेसबाट पौडेल वा सिटौला राष्ट्रपति बन्ने बनाउनेगरी छलफल चलेको छ । त्यसैगरी पुराना गठबन्धनबीच समझदारी भएमा प्रचण्ड चार वर्ष, नेपाल चुनाव गराउनेगरी एक वर्ष प्रधानमन्त्री बनाउनेगरी तयारी भैरहेको प्रचण्ड निकट एक नेताले बताए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक