२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चार दलको बैठक : राष्ट्रपतिमा साझा उम्मेदवार बनाउने प्रयास

२०७९, १२ फाल्गुन शुक्रबार ०६:००

फागुन १२, काठमाडौं | तत्कालीन पाँच दलीय गठबन्धनबाट राष्ट्रपतिमा साझा उम्मेदवार बनाउन प्रयास गरिने भएको छ । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाट राष्ट्रपतिमा दाबी गरेपछि छलफलबाट एउटा व्यक्तिलाई मात्रै साझा उम्मेदवार बनाउन प्रयास थालिने भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा पुराना गठबन्धनका नेताहरु राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल गरी रहेका छन् । त्यस बैठकबाट राष्ट्रपतिमा सकेसम्म एउटै व्यक्तिलाई साझा उम्मेदवार बनाउन प्रयास गर्न थालिएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताए । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेसबाट सभापति शेरबरहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, नेता राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल र नेता घनश्याम भुसाल सहभागी छन् ।

राष्ट्रपतिको विषयलाई लिएर एमाले बिच्किएपछि पुरानो गठबन्धनबाट एउटै व्यक्तिमा सहमती खोज्ने प्रयास भइ रहेको ती सदस्यले बताए । कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति हुने चर्चा भएपनि पार्टी सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाले समेत आकांक्षा राखेका छन् । 

यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि राष्ट्रपतिमा आकांक्षा राखेका छन् । नेपाललाई राष्ट्रपति बनाउन कांग्रेस समेत तयार भएमा माओवादीले समेत साथ दिने बताएको छ ।  त्यसो भएमा नेपाल नै राष्ट्रपतिको  साझा उम्मेदवार हुन सक्ने आकलन गरिएको छ । यदि नेपाल राष्ट्रपतिको साझा उम्मेदवार नभएमा कांग्रेसबाट पौडेल वा सिटौला राष्ट्रपति बन्ने बनाउनेगरी छलफल चलेको छ । त्यसैगरी पुराना गठबन्धनबीच समझदारी भएमा प्रचण्ड चार वर्ष, नेपाल चुनाव गराउनेगरी एक वर्ष प्रधानमन्त्री बनाउनेगरी तयारी भैरहेको प्रचण्ड निकट एक नेताले बताए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक