१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गंगालाल श्रेष्ठद्वारा राष्ट्रपतिमा उम्मेदवारी घोषणा

१२ फाल्गुन २०७९, शुक्रबार ०८:१६

फागुन १२, काठमाडौँ | नेपाल नौलो जनवादी पार्टीका अध्यक्ष गंगालाल श्रेष्ठले राष्ट्रपति पदमा उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेर श्रेष्ठले देशमा शान्ति र स्थिरताको लागि आफूले राष्ट्रपतिमा उम्मेदवारी दिन लागेको बताएका हुन् ।

पत्रकार सम्मेलनमा श्रेष्ठले नेपाली जनताले देशले राजनीतिक निकास पाएको र समृद्ध नेपाल भएको देख्न चाहे पनि केही राजनीतिक पार्टीका कारण त्यो सम्भव नभएको बताए । उनले देशको अस्मितामाथि गिद्धे नजर लगाएकाहरूलाई परास्त गर्न र उन्नति र प्रगतिमा जान नदिनेविरुद्ध आफ्नो उम्मेदवारी भएको बताए । उनले आफूले देशको समृद्धिको अभियानमा लाग्दा ज्यान मार्ने धम्की समेत आएको समेत बताए  ।

रिक्सा चलाएर पत्रकार सम्मेलन स्थल पुगेका श्रेष्ठले देशमा शान्ति र समृद्धिको नारा बोकेर २०७८ फागुन २८ गतेबाट ७७ वटै जिल्लामा रिक्सा यात्रा गरेको जानकारी गराउँदै आफूलाई राष्ट्रपति चुनावमा सहयोग गर्न दलहरूलाई अपिल समेत गरे ।

‘उम्मेद्वारी दर्ता गराउन प्रस्तावक र समर्थक आवश्यक पर्ने भएको हुनाले २०७९ साल फाल्गुन १३ गते हुने राष्ट्रपति उम्मेदवारको लागि मनोनयन दर्ता गराउनको निम्ति संसदीय दलको मान्यता प्राप्त गर्नु भएको दल र माननीय संघीय सांसद एवं प्रदेश सांसद ज्यूहरू समक्ष मलाई राष्ट्रपतिको पदमा उम्मेदवारी दिन प्रस्ताव र समर्थन सहित आवश्यक सहयोग गरी दिनु हुन् यसै पत्रकार सम्मेलनमार्फत अपिल गर्दछु,’ पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक