११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सत्ता गठबन्धनलाई निरन्तरता दिने एमालेको निर्णय

१३ फाल्गुन २०७९, शनिबार ०८:३०

फागुन १३, काठमाडौँ | नेकपा (एमाले)ले राष्ट्रपतिको निर्वाचनसम्मका लागि अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । 

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको १७औँ सचिवालय बैठकले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते भएकाले उक्त समयसम्म अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । 

“यही फागुन २५ गतेसम्म राष्ट्रपति चयनको मिति तोकिएकाले त्यो बेलासम्म यही गठबन्धनलाई निरन्तरता दिन्छौँ”, उहाँले भन्नुभयो, “पुस १० गते जे सहमति भएको थियो । त्यही सहमतिअनुसार अगाडि बढ्ने निर्णय गरेका छौँ ।” उहाँले अहिले सत्तारुढ दलको गठबन्धन नटुटेको समेत बताउनुभयो ।

गत पुस १० गते नेकपा (माओवादी केन्द्र)सहित सत्तारुढ दलसँगको छलफलमा  एमालेले राष्ट्रपति पाउने सहमति भएअनुसार नै एमालेले पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय प्रचार विभाग प्रमुख गुरुङको भनाइ छ । “हामीले पुस १० गतेको सहमतिअनुसार नै हाम्रो पार्टीका तर्फबाट उपाध्यक्ष नेम्बाङलाई उम्मेदवार बनाएका छौँ”, उहाँले भन्नुभयो, “हामी पुस १० गते जे निर्णय भएको थियो । त्यसैमा जानु पर्दछ भन्ने हाम्रो जोड छ ।”

पार्टीका तर्फबाट राष्ट्रपति बन्नुभएका पार्टीका उपाध्यक्ष नेम्वाङलाई जिताउनका लागि नेपाली कांग्रेसबाहेकका राजनीतिक दलसँग छलफल गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख गुरुङले बताउनुभयो । 

“पार्टीले उठाएको राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई समर्थन गर्नका लागि कांग्रेसको आफ्नो उम्मेदवार भएका कारण कांग्रेसबाहेक सबै पार्टीलाई आजै हामीले सहयोगका लागि पत्राचार गर्ने छौँ”, उहाँले भन्नुभयो, “सबै पार्टीसँग सहयोगका लागि निरन्तररुपमा छलफल जारी राख्ने छौँ । कांग्रेसबाहेक सबै दललाई राष्ट्रपतिमा हामीलाई सहयोग गर्नका लागि सहमतिमा ल्याउने प्रयत्न गर्ने छौँ ।”

नेम्वाङ गत मङ्सिरमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा इलाम क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो । राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता हुँदैछ । यस्तै बैठकले पार्टीको अर्थ तथा विभागको सचिवमा डा दीपकप्रकाश भट्टलाई जिम्मेवारी दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । यस्तै प्रचार विभाग प्रमुख गुरुङका अनुसार बैठकले एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई हटाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता (अपडेट) जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित ट्राफिक प्रहरीले तीन महिनामा गरे दुई करोड ७९ लाख राजस्व सङ्कलन यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर साफ वुमेन्स च्याम्पियनसिप: आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल स्थानीय र पश्चिमी वायुको प्रभाव: यी स्थानमा हुनेछ वर्षा विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल आज अमेरिकासंग खेल्दै रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा