११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बालेनलाई कसले दिएको छ राजीनामाको दबाब ?

१४ फाल्गुन २०७९, आईतवार ११:४७

फागुन १४, काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले शनिबार सामाजिक सञ्जालमार्फत् आफूलाई राजीनामा दिन दबाब बढेको बताएपछि त्यसको चौतर्फी बहस भएको छ । मेयर बालेनका सचिवालयका अनुसार राजीनामाको दबाब दिँदै ज्यान मार्ने धम्की र घर जलाउने धम्की खेप्नु परेको हो । 

सही नियतले काम गर्न थाले पनि गिरोहहरुले चरणवद्ध रुपमा राजीनामा दिन दबाब दिएको सचिवालयले जनाएको छ ।  सचिवालयका एक सदस्यका अनुसार साथै खुलेआम ज्यान मार्ने धम्की आउँदा पनि राज्यका सुरक्षा संयन्त्र मौन रहेकोप्रति बालेनको असन्तुष्टि छ । 

उनका अनुसार पछिल्लो समय अवैध संरचना भत्काउने कामलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको बेला सुकुम्बासी, व्यापारीलगायतका स्थानीयले भित्रभित्रै बालेनविरुद्धको अभियान चलाइरहेका थिए । 

महानगरका मेयर बालेनले आफूलाई ‘सुरक्षा थ्रेट’ भएको भन्दै करिब तीनमहिना पहिले गृह मन्त्रालयसँग सुरक्षा समेत माग गरेको सचिवालयका एक सदस्यले जानकारी दिए । अहिले बालेनको सुरक्षार्थ महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डे नेतृत्व खटिरहेको छ ।  

बालेन निकट कुमार व्यञ्जनकारका अनुसार अनधिकृत रुपमा कब्जा गरिएका सार्वजनिक जग्गा फिर्ता गरिरहँदा विभिन्न व्यक्ति र समूहबाट राजीनामाको दबाब आइरहेको छ ।  

“थुप्रैपटक परिवारका सदस्यहरुलाई समेत ज्यानको धम्की र मानसिक यातना दिइएको छ । उहाँले धेरै अगाडि नै आफूलाई धम्की दिनेहरुविरुद्ध प्रहरीमा किटानी उजुरीसमेत गर्नुभएको थियो,” उनले भने, “तर, सरकार र प्रहरीले कुनै चासो नै दिएको छैन । मार्छु भनेर धम्की दिने नै प्रहरीको अघि–पछि हिँडिरहेका छन् । यसको अर्थ के अब तँ पदमा नबस् भन्न खोजिएको होइन ?”

शनिबार बालेनले सामाजिक  सञ्जाल फेसबुकका स्ट्याटस लेख्दै भनेका थिए, “मेयर पदबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन् । यो देश कहिल्यै पनि बन्दैन ।” 

यसअघि बालेनले सुकुम्बासी बस्तीमाथि डोजर चलाउने प्रयास गरेका थिए । सो समयमा उनलाई ज्यान मार्ने धम्की दिइएको थियो । 

त्यस्तै अण्डरग्राउन्ड पार्किङमा डोजर चलाउने बेला पनि व्यापारीले चर्को विरोध गरेका थिए । पछिल्लो समय बालेनको कार्यशैलीको विरोध हुँदै आएको छ । 

नेपालको संविधानको धारा २१६ को उपधारा (८) ले नगर कार्यपालिका प्रमुखको पद रिक्त हुने अवस्था उल्लेख गरेको छ । 

पहिलो नगर कार्यपालिका प्रमुखले उपप्रमुख समक्ष राजीनामा बुझाएमा सोको पद रिक्त हुने व्यवस्था रहेको छ । त्यस्तै पदावधि समाप्त भएमा आफैँ सो पद रिक्त हुन्छ । 

तेस्रो मृत्यु भएमा पद खाली हुने व्यवस्था छ । त्यसपछि बालेन फेरि अर्को स्ट्याटस लेखे । “अटल, अजर, अडिग, निडर । कसैले नि सक्दैन । आइ डन्ट गिभ अप ।”

बालेनले केही व्यक्तिहरुको दबाबमा परेर राजीनामा नगर्ने महानगरले जनाएको छ । “मेयरलाई राजीनामा गराउन चर्को दबाब थियो । तर, निडर भएर काम गर्ने गरी गृहकार्य भइरहेको छ,” ती सदस्यले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित ट्राफिक प्रहरीले तीन महिनामा गरे दुई करोड ७९ लाख राजस्व सङ्कलन यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर साफ वुमेन्स च्याम्पियनसिप: आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल स्थानीय र पश्चिमी वायुको प्रभाव: यी स्थानमा हुनेछ वर्षा विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल आज अमेरिकासंग खेल्दै रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री