२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बालेनलाई कसले दिएको छ राजीनामाको दबाब ?

२०७९, १४ फाल्गुन आईतवार ११:४७

फागुन १४, काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले शनिबार सामाजिक सञ्जालमार्फत् आफूलाई राजीनामा दिन दबाब बढेको बताएपछि त्यसको चौतर्फी बहस भएको छ । मेयर बालेनका सचिवालयका अनुसार राजीनामाको दबाब दिँदै ज्यान मार्ने धम्की र घर जलाउने धम्की खेप्नु परेको हो । 

सही नियतले काम गर्न थाले पनि गिरोहहरुले चरणवद्ध रुपमा राजीनामा दिन दबाब दिएको सचिवालयले जनाएको छ ।  सचिवालयका एक सदस्यका अनुसार साथै खुलेआम ज्यान मार्ने धम्की आउँदा पनि राज्यका सुरक्षा संयन्त्र मौन रहेकोप्रति बालेनको असन्तुष्टि छ । 

उनका अनुसार पछिल्लो समय अवैध संरचना भत्काउने कामलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको बेला सुकुम्बासी, व्यापारीलगायतका स्थानीयले भित्रभित्रै बालेनविरुद्धको अभियान चलाइरहेका थिए । 

महानगरका मेयर बालेनले आफूलाई ‘सुरक्षा थ्रेट’ भएको भन्दै करिब तीनमहिना पहिले गृह मन्त्रालयसँग सुरक्षा समेत माग गरेको सचिवालयका एक सदस्यले जानकारी दिए । अहिले बालेनको सुरक्षार्थ महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डे नेतृत्व खटिरहेको छ ।  

बालेन निकट कुमार व्यञ्जनकारका अनुसार अनधिकृत रुपमा कब्जा गरिएका सार्वजनिक जग्गा फिर्ता गरिरहँदा विभिन्न व्यक्ति र समूहबाट राजीनामाको दबाब आइरहेको छ ।  

“थुप्रैपटक परिवारका सदस्यहरुलाई समेत ज्यानको धम्की र मानसिक यातना दिइएको छ । उहाँले धेरै अगाडि नै आफूलाई धम्की दिनेहरुविरुद्ध प्रहरीमा किटानी उजुरीसमेत गर्नुभएको थियो,” उनले भने, “तर, सरकार र प्रहरीले कुनै चासो नै दिएको छैन । मार्छु भनेर धम्की दिने नै प्रहरीको अघि–पछि हिँडिरहेका छन् । यसको अर्थ के अब तँ पदमा नबस् भन्न खोजिएको होइन ?”

शनिबार बालेनले सामाजिक  सञ्जाल फेसबुकका स्ट्याटस लेख्दै भनेका थिए, “मेयर पदबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन् । यो देश कहिल्यै पनि बन्दैन ।” 

यसअघि बालेनले सुकुम्बासी बस्तीमाथि डोजर चलाउने प्रयास गरेका थिए । सो समयमा उनलाई ज्यान मार्ने धम्की दिइएको थियो । 

त्यस्तै अण्डरग्राउन्ड पार्किङमा डोजर चलाउने बेला पनि व्यापारीले चर्को विरोध गरेका थिए । पछिल्लो समय बालेनको कार्यशैलीको विरोध हुँदै आएको छ । 

नेपालको संविधानको धारा २१६ को उपधारा (८) ले नगर कार्यपालिका प्रमुखको पद रिक्त हुने अवस्था उल्लेख गरेको छ । 

पहिलो नगर कार्यपालिका प्रमुखले उपप्रमुख समक्ष राजीनामा बुझाएमा सोको पद रिक्त हुने व्यवस्था रहेको छ । त्यस्तै पदावधि समाप्त भएमा आफैँ सो पद रिक्त हुन्छ । 

तेस्रो मृत्यु भएमा पद खाली हुने व्यवस्था छ । त्यसपछि बालेन फेरि अर्को स्ट्याटस लेखे । “अटल, अजर, अडिग, निडर । कसैले नि सक्दैन । आइ डन्ट गिभ अप ।”

बालेनले केही व्यक्तिहरुको दबाबमा परेर राजीनामा नगर्ने महानगरले जनाएको छ । “मेयरलाई राजीनामा गराउन चर्को दबाब थियो । तर, निडर भएर काम गर्ने गरी गृहकार्य भइरहेको छ,” ती सदस्यले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो