२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सन्दीप प्रकरणमा न्यायाधीश सपनाले सोधिन्- जाहेरवाला बालिग कि नबालिग ?

२०७९, १४ फाल्गुन आईतवार ११:५८

फागुन १४, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दामा परेको पुरावेदनमाथि सर्वोच्च अदालतले आइतबारदेखि सुरु गरेको सुनुवाइमा इजलासले जाहेरवाला बालिग कि नबालिग हो भन्दै प्रश्न गरेको छ ।

सपना मल्ल प्रधान र कुमार चुँडालको इजलासमा सुरु भएको सुनुवाइमा न्यायाधीशले जाहेरवालाको उमेरलाई लिएर प्रश्न गरेका हुन् । स्रोतका अनुसार न्यायाधीश सपनाले जाहेरवाला पक्ष र आरोपित पक्ष दुवैलाई उक्त प्रश्न गरेकी थिइन् । जाहेरवालाको तर्फबाट बहस गरेका महान्यायाधिवक्ता कार्यालय र निजी कानून व्यवसायीले पीडित नाबालिग नै भएको दाबी गरेका थिए ।

नागरिकताका आधारमा जाहेरवाला नाबालिग रहेको उनीहरुको तर्क थियो । दुई जना सरकारी वकिल र वरिष्ठ अधिवक्ता शशि अधिकारीसहित तीन जना निजी वकिल गरी पाँच जनाले जाहेरवालाको तर्फबाट बहस गरेका थिए ।

कानूनमा १८ वर्षभन्दा कम उमेरकासँग सहमतिमै यौन सम्पर्क भए पनि त्यसलाई बलात्कार मानिने उल्लेख छ । सन्दीपले भने बलात्कारकै आरोप अस्वीकार गर्दै आएका छन् ।

त्यसपछि सन्दीपका कानून व्यवसायीले नाबालिग रहेको प्रमाण भन्दै विभिन्न कागजातहरु पेश गरेका थिए । सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा र कृष्ण भण्डारी तथा अधिवक्ताहरु सविना भण्डारी बराल र मुरारी सापकोटाले बहस गरेका छन् । अब वरिष्ठ अधिवक्ता रमन श्रेष्ठसहित रोशनी पौडेल र सरोजकृष्ण घिमिरेले सोमबार बहस गर्नेछन् । त्यसपछि जवाफी बहस सुनेर इजलासले आदेश दिनेछ ।

वरिष्ठ अधिवक्ता थापाले कहिल्यै नभेटेका सन्दीपसँग नगरकोट जाने, घुमेर आएपछि रात सँगै बस्ने र भोलिपल्ट हाँसीखुशी बिदा हुने जाहेरवालाप्रति पनि कानूनी दायित्व रहने भन्दै आरोपमाथि प्रश्न उठाएका थिए ।

अर्का अधिवक्ता सापकोटाले जाहेरवालाको उमेरको विषयमा चिकित्सकीय जाँच हुनुपर्ने सुझाव चिकित्सकले दिए पनि अनुसन्धान अधिकारीले बेवास्ता गरेको जिकिर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक