१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रपति चुनावअघि नै मन्त्रिपरिषद पुनर्गठन, ८ दलीय गठबन्धनमा यसरी हुँदैछ भागबन्डा

१५ फाल्गुन २०७९, सोमबार ०९:१८

फागुन १५, काठमाडौँ | माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सबैभन्दा ठूलो दल नेकपा एमाले नै सरकारबाट बाहिरिएपछि मन्त्रिपरिषद पुनर्गठन हुने भएको छ । तत्कालीन सत्ता गठबन्धनका तेस्रो र चौथो ठूलो दल रास्वपा र राप्रपा पनि सरकारबाट बाहिरिइसकेका छन् ।

राष्ट्रपति चुनावअघि नै मन्त्रिपरिषद विस्तार र पुनर्गठन गर्दा चुनावलाई थप सहयोग हुने र कतै आशंकाहरु पनि बाँकी नरहने भएकाले प्रधानमन्त्रीले यसबारेमा चाँडै निर्णय लिँदा उपयुक्त हुने नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीलाई नयाँ गठबन्धनका दलहरुलाई मन्त्रिपरिषदमा सामेल गर्न सहज भएको कांग्रेस नेताहरुले बताएका छन् । आठ दलीय गठबन्धनमा सामेल भएका दलहरु चाँडै सरकारमा जान चाहन्छन् ।


अहिले प्रधानमन्त्री प्रचण्डको साथमा एमालेले सम्हालेका ८ सहित १६ मन्त्रालय छन् । माओवादी केन्द्र र जनमत पार्टीबाहेक सरकारबाट अरु सबै दल बाहिरिएकाले पनि राष्ट्रपति चुनावअघि नै मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने विषयमा बालुवाटार बैठकमा पनि छलफल भएको थियो ।

बालुवाटारको ८ दलीय बैठकमा सहभागी एक नेताले भने, ‘राष्ट्रपति चुनावमा भोट तान्न एमालेले खेल्न सक्ने भएकाले पनि नयाँ गठबन्धनको सरकार गठन गरेर आपसी अविश्वास र आशंकालाई ठाउँ दिनुहुँदैन भन्ने कुरा आएको छ । नत्र राष्ट्रपति चुनावमा केही मत तलमाथि हुनसक्छ । सबै दल सरकारमा गएपछि एमालेले खेल्न पाउँदैन ।’

फागुन २५ मा राष्ट्रपति चुनाव हुँदैछ । चैत ३ मा उपराष्ट्रपति चुनाव हुनेछ भने चैत १२ भित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । त्यसैले यसबीचमा मन्त्रिपरिषदलाई पूर्णता नै दिने कि आठै दलका केही मन्त्री नियुक्त गरेर बाँकी मन्त्री चैत १२ पछि नियुक्त गर्ने भन्ने टुंगो लागिसकेको छैन ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले यसबारे शीर्ष तहमा छलफल भएर बाँडफाँट हुने बताएका छन् । सरकारमा ८ दलको सहभागिता निश्चित छ । रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राखेकाले उनलाई समेट्नेबारे कुनै छलफल भएको छैन ।

रविलाई सरकारमा सामेल गर्न प्रधानमन्त्री प्रचण्ड र कांग्रेस पनि तयार देखिएका छैनन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार रवि र राजेन्द्र लिङदे न ओलीसँगै रहून् भन्ने चाहना नेताहरुको छ । त्यस्तो हुँदा सरकारमा ८ दलमात्र हुनेछन् ।

मन्त्रालय बाँडफाँड हुँदा अब एमाले, राप्रपा र रास्वपाले छाडेकासहित प्रधानमन्त्रीसँग यसअघि नै जसपाका लागि भनेर राखिएका मन्त्रालय बाँडिनेछन् । हाल प्रधानमन्त्रीसँग रहेको गृह मन्त्रालय माओवादीले नै राखेर अर्थ मन्त्रालयले कांग्रेसले लिने समझदारी भइसकेको बताइन्छ ।

यसअघि एमालेले पाएका मन्त्रालय कांग्रेसले पाउने मोटामोटी सहमति भएको छ । जसपा र नेकपा एसले तीन तीनवटा मन्त्रालय दाबी गरेका छन् । यसअघि जसपाले २ मन्त्रालय अस्वीकार गेरर सरकारमा गएको थिएन । प्रतिनिधिसभामा जसपाको १२ र नेकपा एसको १० सीट छ ।

यसअघि भन्दा माओवादीले कम्तिमा एउटा मन्त्रालय बढी पाउने निश्चित भएको छ भने कांग्रेसले एमालेले पाएको नघट्ने र थप एक मन्त्रालय पाउने सम्भावना रहेको नेताहरुले बताएका छन् । जसपालाई ३ मन्त्रालय र नेकपा एसलाई २ मन्त्रीसहित एक राज्यमन्त्री दिने सम्भावना छ । नागरिक उन्मुक्ति पनि एक मन्त्रीसहित सरकारमा जाने तयारी छ । राष्ट्रिय जनमोर्चा सरकारमा जाने वा नजाने निर्णय भएको छैन । लोकतान्त्रिक समाजवादी पार्टीले एउटा मन्त्री पाउने निश्चित छ । यद्यपि उसले २ वटा मन्त्रालय मागेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक