१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एलन मस्क पुनः बने विश्वका सर्वाधिक धनी व्यक्ति

१६ फाल्गुन २०७९, मंगलवार ०६:२९

फागुन १६, काठमाडौँ | एजेन्सी | विश्वको अर्बपतिको सूचीमा निकै ठुलो फेरबदल भएको छ । टेस्लाका मुख्य कार्यकारी अधिकारी एलन मस्क पुनः एक पटक विश्वका सर्वाधिक धनी व्यक्तिको शीर्ष स्थानमा परेका छन् । मस्कको सम्पत्तिमा पछिल्लो २४ घण्टामा भएको वृद्धिका साथै कुल सम्पत्ति १८७ अर्ब डलर पुगेको छ । हालसम्म शीर्ष स्थानमा बसेका फ्रान्सका अर्बपति बर्नार्ड अर्नाल्ट १८५ अर्ब डलरको कूल सम्पत्ति सहित दोस्रो स्थानमा झरेका छन् ।


एकै दिन यति बढ्यो सम्पत्ति

ब्लुमबर्ग बिलियनेर इन्डेक्सका अनुसार एलन मस्कको सम्पत्तिमा २४ घण्टाभित्र ६.९८ अर्ब डलर वृद्धि भएको छ । पछिल्ला केही दिनदेखि मस्कको सम्पत्ति वृद्धि भइरहेको थियो, त्यसैले उनी पुनः शीर्ष स्थानमा पुग्ने सम्भावना प्रबल बन्दै गइरहेको थियो ।

डिसेम्बरमा दोस्रो स्थानमा झरेका थिए

शीर्ष १० अर्बपतिको सूचीमा सन् २०२१ देखि लगातार शीर्ष स्थानमा रहेका एलन मस्कलाई अघिल्लो वर्ष डिसेम्बर २०२२ मा पछि पार्दै बर्नार्ड अर्नाल्ट विश्वका सबैभन्दा धनी व्यक्ति बनेका छन् । ४४ अर्ब डलरको ट्विटर सम्झौताबाट सुरुवातदेखि नै उनको कुल सम्पत्तिमा व्यापक गिरावट सुरु भएको थियो जुन वर्षको अन्त्यसम्म जारी रह्यो ।

यस वर्ष मस्कले यति कमायो

अघिल्लो वर्ष सबैभन्दा बढी सम्पत्ति गुमाउने मामिलामा एलन मस्क शीर्ष स्थानमा थिए भने यस वर्षको सुरुवातपछि नै उनको कम्पनीको सेयरमा आएको वृद्धिका कारण कुल सम्पत्तिमा वृद्धि देखिएको थियो, जुन अहिले पनि जारी छ । यस वर्ष हालसम्म एलन मस्कको सम्पत्तिमा ५०.१ अर्ब डलरको वृद्धि भइसकेको छ । यद्यपि, नम्बर एकदेखि दोस्रो स्थानमा खस्किएका बर्नार्ड अर्नाल्टको सम्पत्तिमा यस वर्ष हालसम्म २३.३ अर्ब डलरको वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक