२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गृहमन्त्रालयमा नेकपा एसको दाबी !

२०७९, १६ फाल्गुन मंगलवार ०८:२०

फागुन १६, काठमाडौँ | नेकपा एमालेले सरकार छाडेसँगै आठ दलीय गठबन्धनबाट मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेको बेला गठबन्धनको चौथो ठूलो दल नेकपा एसले गृह मन्त्रालयमा दाबी गर्ने भएको छ ।

प्रधानमन्त्रीले राष्ट्रपति चुनावअघि नै संसदबाट विश्वासको मत लिने र मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहे पनि शीर्ष बैठकमा छलफल हुन बाँकी छ । गठबन्धन दलहरुबीच मन्त्रालयको संख्या बाँडफाँटमा अनौपचारिक कुराकानी भइसकेको छ । आज भोलिमै विश्वासको मत लिने तथा सरकारमा अन्य दल सहभागी हुनेबारे गठबन्धनको बैठक बोलाएर छलफल गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

एमालेले यसअघि सम्हालेको अर्थ मन्त्रालय कांग्रेसले पाउँदा गृहमन्त्रालय प्रधानमन्त्रीको दलले नै राख्ने प्रयास भइरहेको बेला नेकपा एसले पनि गृहमा दाबी गर्ने भएको हो । नेकपा एसका एक नेताले राष्ट्रपतिको अफर त्यागेर कांग्रेसलाई सघाएकाले गृहमा आफूहरूको स्वभाविक दाबी रहने बताए ।

ती नेताले भने– हामीले राष्ट्रपति बन्ने अवस्था हुँदा हुँदै पनि यही गठबन्धन ब्युँताउने भनेर छाडेको हो । राष्ट्रपति कांग्रेस, प्रधानमन्त्री माओवादी र उपराष्ट्रपति जसपाको भएपछि चौथो शक्तिले पावर शेयरिङमा सम्मानजनक भाग पाउनु स्वभाविक हो । कांग्रेसले अर्थ लिन्छ भने गृहमा हाम्रो दाबी हुन्छ । गठबन्धनमा आकारका हिसाबले ८८ सीटको कांग्रेसपछि ३२ सीटको माओवादी दोस्रो छ । तेस्रो जसपाको १२ र चौथो नेकपा एसको १० सीट छ भने जनमतको ६ सीट छ । लोसपा र नागरिक उन्मुक्ति चार चार सीटसहित छन् भने राजमोको एक सीट छ ।

गृह दाबी गरेको नेकपा एसबाट सो मन्त्रालयको प्रमुख दाबेदार उपमहासचिव प्रकाश ज्वाला देखिएका छन् । यद्यपि संसदीय दलका उपनेता राजेन्द्र पाण्डेको पनि दाबी हुने देखिन्छ । अहिले पाण्डे उपनेता र ज्वाला प्रमुख सचेतक छन् । नेकपा एसबाट चुनाव जितेका माधव नेपालबाहेक अरू ९ जना सांसद नै मन्त्रीका दाबेदार छन् । यसपटक नेकपा एसले बढीमा ३ मन्त्रालय पाउने सम्भावना छ । नत्र एक राज्यमन्त्रीसहित २ मन्त्रालयमा चित्त बुझाउनुपर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै