२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माधव नेपालले चाहेको भए राष्ट्रपति बन्ने संभावना थियो: गगन थापा

२०७९, १६ फाल्गुन मंगलवार ०९:००

फागुन १६, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस १० मा बनेको गठबन्धन अस्वभाविक भएकाले भत्किएको बताएका छन्।

मंगलबार काठमाडौंमा काठमाडौं क्षेत्र नम्बर ४ सांसदको कार्यालय उद्घाटन गर्दै थापाले निर्वाचन अघिको गठबन्धन भत्काएर पुस १० गते अप्राकृतिक गठबन्धन बनाउने गल्ती सच्चाइएको बताएका हुन्।


उनले पुस १० मा भएको गल्ती सच्याएर अस्भाविक रुपमा बनेको गठबन्धन भत्काएको टिप्पणी गरे। उनले भने,'पुस १० मा जुग गठबन्धन बनेको थियो त्यो त्यो अस्वभाविक, अप्राकृतिक र अबान्छित थियो। त्यसैले भत्कियो।'

निर्वाचनमा फरक–फरक उद्देश्य भएका दलले गठबन्धन बनाएर जनताबीच मुलुक बनाउने प्रतिवद्धता गरेको र निर्वाचनपछि जनतामाझ गरेको प्रतिवद्धता पालना नगरेकाले अहिले ढिलो भएपनि निर्वाचन अघिको गठबन्धनलाई व्युताउन सफल भएको उनले बताए। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ' प्रचण्ड'ले आफू प्रधानमन्त्री मात्रै हुने कुरा सोचेको भए अहिलेको गठबन्धन नै नबन्ने भन्दै उनले अहिलेको गठबन्धन पदका लागि नभएको दावी गरे।

थापाले अब गठबन्धनलाई बलियो बनाएर सरकारलाई सफल बनाउनुपर्ने बताए। उनले केन्द्रदेखि प्रदेशसम्म ८ दलीय गठबन्धनको सरकार बन्ने दावी गरे। उनले जनतालाई कामले परिणाम दिन नसके फेरि अप्ठेरो अवस्था आउने भएकाले झ्याल ढोका बन्द गरेर काममा लाग्नुपर्नेमा जोड दिए।

उनले माधव नेपालले चाहेको भए राष्ट्रपति बन्न सक्ने संभावना रहेको बताए। उनले भने,'एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपतिमा इच्छा व्यक्त गरेको भए बन्ने संभावना थियो।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै