१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पीएसजी तथा मोरक्कोका डिफेन्डर हाकिमीमाथि बलात्कारको आरोप

१७ फाल्गुन २०७९, बुधबार ०६:२८

फागुन १७, काठमाडौँ | फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पीएसजी) तथा मोरक्कोका डिफन्डर असरफ हाकिमीलाई बलात्कारको आरोप लागेको छ ।

एक २४ वर्षीया महिलाले फेब्रुअरी २५ मा हाकिमीले उनलाई फ्रान्सस्थित आफ्नै घरमा बलात्कार गरेको आरोप लगाएकी हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार उक्त महिलाले आइतबार प्रहरीमा घटनाबारे जानकारी गराए पनि आरोप दर्ता नै गरेकी थिइनन् ।


पेरिसको पश्चिमी उपनगर नान्टेरीमा रहेको सरकारी वकिलको कार्यालयले यो केसको बारेमा टिप्पणी गर्न अस्वीकार गरेपनि अनुसन्धान भने सुरु गरेको पुष्टि गरे । तर, हाकिमीमाथि लागको लागेको आरोपका विषयमा सार्वजनिक रूपमा उनी स्वयं र उनको क्लब पीएसजीले कुनै प्रतिक्रिया भने दिएका छैनन् ।

स्पेनमा जन्मेका हाकिमी मोरक्को कतार विश्वकपमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र बन्दा टिमको मुख्य सदस्य थिए ।

उत्कृष्ट प्रदर्शनकै कारण उनी पेरिसमा आयोजित फिफा अवार्डमा सम्मानित भएका थिए । जहाँ उनी फिफ्प्रोको विश्वको ११ मा नाम बनाउन सफल भएका थिए । हाकिमीले पीएसजीका किलियन एम्बाप्पे, लियोनल मेसीसँगै अवार्ड लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक