१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश १ को नाम ‘कोशी’ राख्न समर्थन गरेको कांग्रेस पछि हट्यो, समर्थन फिर्ता

१७ फाल्गुन २०७९, बुधबार ०९:११

फागुन १७, विराटनगर | प्रदेश १ को नाम भूगोलका आधारमा ‘कोशी’ राख्न समर्थन गरेको नेपाली कांग्रेसले समर्थन फिर्ता लिएको छ । बुधबार बिहान प्रदेश १ को नाम कोशी राख्न समर्थन दिएको केही घण्टा नबित्दै समर्थन कांग्रेसले समर्थन फिर्ता लिएको हो ।

एमालेका सांसद रामबहादुर राना मगर प्रस्तावक र एमालेकै निरन राई र नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर ‘कोशी’ नाम बुधबार बिहान प्रस्ताव संसद्मा दर्ता गराइएको थियो । तर, प्रस्ताव संसदमा दर्ता गराएको केही घण्टा नबित्दै राजवंशीले प्रदेश सभा सचिवालयमा समर्थन फिर्ता लिएको निवेदन दिएका छन्।

पहिले ‘कोशी’ नाम राख्न समर्थन गरेको कांग्रेस के कारण पछि हट्यो त्यो भने खुलेको छैन । प्रदेश १ को नामाकरण विषयमा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसदहरू मिलेर किरात लिम्बुवान सगरमाथा नामसहित प्रस्ताव संसद्मा दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार