२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

किन गर्‍यो रास्वपाले चुनाव चिह्न घन्टीमा फेरबदल ?

२०७९, १७ फाल्गुन बुधबार ०९:४९

फागुन १७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घन्टी चुनाव चिह्नको स्वरुपमा परिवर्तन गरेको छ। बुधबार पार्टी केन्द्रीय समितिको बैठकले चुनाव चिह्नको स्वरुपमा फेरबदल गर्ने निर्णय गरेको हो ।

उक्त बैठकको निर्णयबमोजिम निर्वाचन आयोगमा चुनाव चिह्न फेरिएको उपसभापति डोलप्रसाद अर्यालले बताएका छन् । जसअनुसार यसअघि रास्वपाको चुनाव चिह्न गोलाकारभित्रको घन्टी रहेकामा त्यसलाई बदलेर घन्टी मात्रै राखिएको छ ।

चुनाव चिह्न बदली बोल्न, लेख्न र प्रचार-प्रसार गर्न सहज होस् भन्ने उद्देश्यले चुनाव चिह्नमा फेरबदल गरिएको उपसभापति डोलप्रसादले जानकारी दिएका छन् ।

‘गोलाकारभित्रको घन्टीभन्दा लामो र भद्दा भयो। यसमा अरु कुनै कारण छैन। धेरै फेरिएको पनि होइन।गोलाकारभित्रको घन्टी भन्नुभन्दा घन्टी मात्रै भन्दा सहज हुन्छ। चुनाव चिन्हमा फेरबदल गर्नुको कारण पनि यही हो।’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै