2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेस नेता सिंह भन्छन्– बिथोलिएको राजनीति सही ट्र्याकमा आयो

फागुन १८, काठमाडौँ | नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बिथोलिएको राजनीतिक वातावरण सही ट्र्याकमा आएको बताएका छन्। बिहीबार सिरहा जाने  क्रममा  धनुषा पार्टी कार्यलयमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिंहले उक्त कुरा बताएका हुन्।

नेता सिंहले निर्वाचनमा जानेबेला जुन गठबन्धन बनेको थियो त्यही गठबन्धनले म्यान्डेट पाएको बताउँदै केही समय असहजतातर्फ अघि बढेको राजनीति अहिले जनमत अनुरुपको अवस्थामा आइपुगेको टिप्पणी गरे। उनले अब ८ दलीय गठबन्धनको समझदारी अनुरुप मुलुक अगाडि बढ्ने विश्वास व्यक्त गरे।

राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेको जित सुनिश्चित रहेको बताउँदै नेता सिंहले त्यसबारे कुनै दुविधा नराख्न आग्रह गरे। उनले सरकार ८ दलबीचको  समझदारीअनुसार अगाडि बढ्ने दाबी गरे। 

अहिले मुलुको अर्थतन्त्र संकटमा रहेकाले धरासायी बनेको परिस्थितलाई समालेर जानुपर्ने चुनौती रहेको बताए। उनले सरकारको पहिलो काम नागरिकमा आशा जगाउनु रहेको बताए। 

हरेक चुनौतीको सामना गर्दै सहज राजनीतिक वातावरण निर्माण गरेर मुलुक अगाडि बढाउनु पर्ने दायित्व समेत राजनीति दलसामू रहेको सिंहको भनाइ छ। 

विगतमा जे जति गल्ती कमजोरी भए पनि अब यो गठबन्धन भित्र कुनै असमझदारी नरहेकाले राजनीति कोर्स सहज रुपमा अगाडि बढेको सिंहले दाबी गरे। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत