१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमालेलाई नेकपा एसको जवाफ- छलफलको वातावरणप्रति धन्यवाद, राष्ट्रपतिमा सघाउन सक्दैनौँ

१८ फाल्गुन २०७९, बिहीबार ०८:०६

फागुन १८, काठमाडौँ | नेकपा एमालेका नेताहरूलाई नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिमा सघाउन नसक्ने जवाफ दिएको छ । राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई मत माग्न एमाले नेताहरू नेकपा एसको पार्टी कार्यालय आलोकनगरमा पुगेका थिए ।

दुई पार्टीका नेताहरूको छलफलपछि नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले अध्यक्ष माधव नेपालको भनाई उदृत गर्दै भने, ‘हाम्रो तर्फबाट पार्टीका अध्यक्षले मत माग्न आउनुभयो । सौहार्दपूर्ण वातावरण कुराकानी गर्ने आधार तयार गर्नुभएकोमा धन्यवाद छ । फेरिपनि छलफल हुनसक्छ ।’

प्रवक्ता राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेलको प्रस्ताव रहेको पार्टी भएकाले सहयोग गर्ने परिस्थिति नरहेको जवाफ दिएको प्रवक्ता खतिवडाले बताए ।

उनले भने, ‘त्यो कुरा उहाँहरूले पनि बुझ्नुभएको छ । समयमा काम गरिएन भने पानी अगाडि बढिसक्छ खोलामात्रै हेर्नुपर्ने मात्रै पनि हुनसक्छ । त्यसैले एकले अर्काको नैतिक र राजनीतिक बन्दनलाई बुझेर हामीले भेटघाट कायक्रम समाप्त पारेका छौं ।’

पहिलो पटक दुई पार्टीबीच औपचारिक छलफल सुरू भएकाले बैठकमा नकारात्मक कुरा हुनुपर्ने कुनै कारण नहरेको बताए ।

उनले भने, ‘नेकपा एमालेले हाम्रो पार्टीको अस्तित्वमाथि अनेकौँ कुरा भनेको सबैलाई थाहा छ । त्यही पार्टीले आज पार्टी कार्यालयमा आएर औपचारिक संवाद गर्नु परिवर्तनको संकेत पनि हो ।’

राष्ट्रपतिमा तत्काल आफूहरूले केही गर्न सक्ने अवस्था नभएपनि वार्ताको र मित्रता विस्तारको प्रयासमा सकारात्मक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ