2026-07-25 02:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘राष्ट्रपतिका उम्मेदवार संविधानको पालना र अभिभावकीय भूकिा निर्वाह गर्ने व्यक्तित्व हुनुपर्छ’

फागुन १९, पोखरा | राष्ट्रपति निर्वाचनका सन्दर्भमा आठ राजनीतिक दलको राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्रद्वारा पोखरामा आयोजित अभिमुखीकरण  कार्यक्रमका वक्ताहरुले राष्ट्रपतिमा निर्वाचित हुने व्यक्तिले संविधानको परिपालना र मुलुकको अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँहरुले आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेपालको लोकतान्त्रिक आन्दोलनमा विशिष्ट योगदान गर्नुभएको व्यक्तित्व भएको चर्चा गर्नुभयो । कार्यक्रमका वक्ताहरूले आसन्न राष्ट्रपति निर्वाचनमा पौडेल राष्ट्रपति पदमा विजयी हुने विश्वास व्यक्त गर्र्नुभयो । 

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले सातदशकदेखि नेपालको लोकतान्त्रिक आन्दोलनमा निरन्तर सङ्घर्षरत वरिष्ठ नेता पौडेल नेपाली राजनीतिको अभिभावकीय व्यक्तित्व भएकाले उहाँलाई आठ दलका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाइएको बताउनुभयो । राष्ट्रपति निर्वाचनका लागि राष्ट्रिय सहमतिको प्रयास गरिएपनि त्यो सम्भव हुन नसकेको बताउँदै उहाँले आठ दलबीच सहमति भएर उम्मदेवारी प्रस्तुत गरेको बताउनुभयो । राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनपछि पनि दलहरूबीचको यो एकता प्राप्त उपलब्धिको रक्षा, मुलुकको स्थिरता र स्थायित्व कायम गर्नका लागि निरन्तर कायम रहेन उहाँको भनाइ थियो । 

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले यो गठबन्धन केबल निर्वाचनमा मतदानका लागि मात्र नभई देशको समस्यालाई समाधान गर्दै अघि बढ्नका लागि भएको बताउनुभयो । उहाँले आठ दलीय गठबन्धनमा अन्य दल पनि थपिने सम्भावना रहेको बताउनुभयो । नेकपा (माओवादी केन्द्र)का गण्डकी प्रदेश संसदीय दलका नेता एवं प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले राष्ट्रपतिका उम्मेदवार पौडेललाई विजयी गराउन प्रदेशका गठबन्धनमा रहेका दलहरू सबै प्रतिबद्ध भएको बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य तुलबहादुर गुरुङले राष्ट्रपतिका उम्मेदवार पौडेल नेपालको प्रजातान्त्रिक आन्दोलनका चर्चित व्यक्तित्व एवं अभिभावक भएको बताउनुभयो ।

गण्डकी प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले निर्वाचनपछि केही समय अलमलजस्तो बनेको देशको राजनीति अहिले प्राकृतिक बाटोमा अघि बढेको बताउनुभयो । आठ दलका साझा उम्मेदवार पौडेललाई अत्यधिक मतसहित विजयी गराउन दलहरू एकताबद्ध भई अघि बढ्ने उहाँको भनाइ थियो

नेपाल समाजवादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष हेमबहादुर थापाले लामो समयदेखि नेपालको प्रजातान्त्रिक आन्दोलनमा लागेका पौडेलको उम्मेदवारी गण्डकी प्रदेशका लागि पनि गौरवको विषय भएको छ भन्नुभयो । कार्यक्रममा गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने गठबन्धन दलका प्रदेशसभा सदस्यहरू, राजनीतिक दलका नेताहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक