पढ्न करिब 1 मिनेट लाग्छ

ललित बोहरा/असोज ५, डडेल्धुरा । नेपाल सरकारले प्रदेश नम्वर सातको उच्च अदालत दिपायलमा स्थापना गर्नका लागी निर्णय गरे संगै कानुन व्यवसायको सुदुरपश्मिमा आन्दोलन शुरु भएको छ ।

यसै क्रममा डडेल्धुरा जिल्लाका कानुन व्यवसायीहरुले आन्दोलन शुरु गरेका छन् । सरकारले प्रदेश न ७ को उच्च अदालत दिपायलमा रहनेगरी गरेको निर्णयको विरुद्धमा बार एशोसिएसन डडेल्धुराले ज्ञापन पत्र बुझाएको हो ।

बार एशोसिएसन डडेल्धुराका अध्यक्ष्य तथा अधिबक्ता बिष्णु भट्टको अगुवाईमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा मार्फत कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालय लाई तिन वुँदे माँग सहित मंगलवार ज्ञापन पत्र वुझाएको छ ।

ज्ञापन पत्रमा भौगोलिक र आर्थीक रुपमा सात नम्वर प्रदेशको केन्द्र विन्दुमा रहेको डडेल्धुरामा उच्च अदालत कायम गरियोस भने उल्लेख गरिएको छ । मौजुदा सुदरपश्चिमका कैलाली र कञ्चनपुर र डडेल्धुरा, डोटी, वझाङ, वाजुरा, बैतडी, दार्चुला जिल्लाबाट चार घण्टाको दुरीमा डडेल्धुरा पुग्न सकिने र वातावरणीय रुपमा पनि डडेल्धुरा स्वच्छ भएकाले डडेल्धुरामा स्थापन गर्न समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उता कैलालीमा पनी कानुन ब्यबसायीहरु हिजो देखी जिल्ला अदालत कैलालीमा धर्ना गरी रहेका छन् ।