२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपा प्रमुख सचेतकलाई प्रश्न- गठबन्धन रोज्दा एमालेलाई धोका भएन र ?

२०७९, २५ फाल्गुन बिहीबार ०७:५५

फागुन २५, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले लोकतन्त्रलाई बलियो बनाउन मतदानमा भाग लिने निर्णय गरेको बताएका छन् । संसदीय दल र पार्टी पदाधिकारीको संयुक्त बैठकपछि उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘लोकतन्त्रलाई बलियो बनाउन मतदानमा भाग नलिने भन्ने हुँदैन । त्यसमा सबै सांसदहरुको एकमत छ । निर्वाचन आचारसंहितको कारणले यो गर्ने वा त्यो गर्ने भन्न पाउँदैनौं । हामी लोकतन्त्रलाई बलियो बनाउने र व्यवस्थालाई रक्षा गर्नेको पक्षमा उभिएका छौं ।

रास्वपाले राष्ट्रपतिमा सत्ता गठबन्धनको उम्मेदवार रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । निर्णयपछि राष्ट्रपतिमा सहयोग गरेर उपचुनावमा सहयोग पाउने अपेक्षा राखेको हो ? भन्ने प्रश्नमा उनले भने, ‘हामीले आजको बैठकमा राष्ट्रपतिको निर्वाचनबाहेक छलफल गरेका छैनौं । हामी त्यो उपयुक्त समयमा गर्नेछौं ।’

हिजो रवि लामिछानेलाई गृहमन्त्री बनाउने विषयमा प्रचण्ड र ओलीबीचको सम्बन्धन बिग्रियो । अहिले गठबन्धन रोज्दा एमालेलाई धोका भएन र ? भन्ने प्रश्नमा उनले भने, ‘राजनीतिमा धोका हुँदैन । तथ्यमा हुन्छ । राजनीतिमा एकखालको कारण हुन्छ । त्यो कारण केलाउदै जाँदा पछि फरक भाष्यहरू निर्माण होलान् । तर, अहिले हामीले राष्ट्रपतिको विषयमा कुरा गरेका हौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र