राजनीति |


चुडामणि शर्मालाई ९ वर्ष कैद, ४ अर्बभन्दा बढी जरिवाना

Posted on June 20, 2023 | views : 906 |

असार ५, काठमाडौँ | विशेष अदालतले कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारी चुडामणि शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद सजाय गरेको छ । शर्मा र उमेशप्रसाद ढकाललाई जनही ९ वर्ष तथा लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद सजाय भएको छ। तीनै जनालाई जनही २ अर्ब ५ करोड २३ लाख ४८ हजार ९ सय ४९ रुपैयाँ बिगो र तीन

Read More

राष्ट्रपति पौडेलको मुटुमा राखियो स्थायी पेस मेकर

Posted on June 20, 2023 | views : 513 |

असार ५, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा विशेषज्ञहरुको राय बमोजिम स्थायी पेस मेकर राखिएको छ । मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सफलान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको मुटुमा स्थायी पेस मेकर राखिएको अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।   ‘७२

Read More

अमेरिकी विदेशमन्त्री चीनमै छँदा चिनियाँ बम वर्षक जहाजद्वारा ताइवान घेराउ !

Posted on June 20, 2023 | views : 437 |

असार ५,काठमाडौँ | चिनियाँ बमवर्षक विमानहरुले ताइवानलाई घेरेका छन् । सोमबार राति भएको घेराउको जानकारी ताइवानी नागरिकहरुलाई दिइएको चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले उल्लेख गरेको छ । भ्रमणमा आएका अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्कन चीनमै रहेको र राष्ट्रपति सी जिनफिङसँग भेट भएकै दिन ताइवानलाई बमव

Read More

बजेट नपरेपछि गोकुल बास्कोटाले अर्थमन्त्रीलाई सोधे–यो आँखै खाने चस्मा तिमीलाई कसले किन्दियो ?

Posted on June 20, 2023 | views : 299 |

असार ५,काठमाडौँ | काभ्रेमा बजेट नपरेको भन्दै एमाले सांसद गोकुल बास्कोटाले अर्थमन्त्री प्रकाशशरण महतमाथि कटाक्ष गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि मन्त्रालयगत विनियोजित बजेटमाथि बोल्दै सांसद बास्कोटाले हुँदै नभएको वडामा पनि बजेट छुट्याएको बताएका छन् । उनले पनौती नगरपाल

Read More

चार लाख घूससहित ग्रामीण सडक सुधार आयोजना दमकका तीन कर्मचारी पक्राउ

Posted on June 20, 2023 | views : 422 |

असार ५, विराटनगर । झापाको ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई कार्यालयका तीनजना कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख रुपैयाँ घूस वापतको रकमसहित उनीहरुलाई पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुुसन्धान आयोग इटहरीस्थित कार्यालयबाट गएको टोलीले आयोजना व्यवस्थापक ह

Read More

बझाङ दुर्घटना अपडेट : कानूनमन्त्रीसहित तीनजनाको अवस्था गम्भीर, हेलिकप्टरबाट नेपालगञ्ज लगिँदै

Posted on June 20, 2023 | views : 435 |

असार ५,काठमाडौँ | सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना परी गम्भीर घाइते भएका छन् । डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र. ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको हो । बझाङ केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सड

Read More

राष्ट्रपति पौडेलको गरियो मुटुको शल्यक्रिया

Posted on June 20, 2023 | views : 432 |

असार ५,काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ । मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सफलानट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया गरिएको हो ।  शनिबार राति पौने २ बजे अस्पताल भर्ना भएका पौडेलको मंगलबार मुटुको शल्यक्रिया गरिएको राष्ट्रपतिका सञ्चारविज्ञ कि

Read More

प्रशिक्षक देसाई भन्छन्- विश्वकप छनोट प्रतियोगितामा प्रदर्शन गर्न नेपाली टिम भोकाएको छ

Posted on June 20, 2023 | views : 543 |

असार ५, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाईले नेपाली टिम विश्वकप छनोट प्रतियोगितामा प्रदर्शन भोकाएको प्रतिक्रिया दिएका छन्।  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सँग कुरा गर्दै उनले नेपाली टिमबारे भनेका छन्, 'उनीहरू सिक्न भोका छन्। उनीहरू यस स्तरमा प्रदर्श

Read More

बालेन र हर्क साम्पाङको प्रशंसा गर्दै रविले भने- उहाँहरूबाट मैले प्रेरणा लिएको छु

Posted on June 20, 2023 | views : 375 |

असार ५, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनका स्थानीय तहका जनप्रतिनिधिहरूलाई सहकार्य गर्न आह्वान गरेका छन् । चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै चुनाव जितेर आएपछि दलको प्रतिस्पर्धी नभइ जनताको सेवक भएकाले मिलेर काम गर्न आग्रह गरे । उनले धरान उपमहानरका मेयर हर्

Read More

सुदूरपश्चिमका कानूनमन्त्री सवार गाडी दुर्घटना

Posted on June 20, 2023 | views : 433 |

असार ५, काठमाडौँ | सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना भएको छ । डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र. ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । बझाङ केदारस्युँ गाउ

Read More

चिनियाँ जहाज १३० जना यात्रु बोकेर बुधबार पहिलोपटक पोखरा विमानस्थलमा अवतरण हुने

Posted on June 20, 2023 | views : 852 |

असार ५, काठमाडौँ | जनवरी १, २०२३ देखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी बुधबार पहिलो अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’ १३० जना यात्रु बोकेर पहिलोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने भएको हो ।  चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय

Read More

रवि लामिछानेले भने- जनतालाई उठिबास लगाएर गरिने विकासको अर्थ हुँदैन

Posted on June 20, 2023 | views : 481 |

असार ५, चितवन | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनतालाई उठिबास लगाएर गरिने विकासको अर्थ नहुने बताएका छन्। भरतपुर महानगरपालिका १२ कालिका टोलमा आयोजित कार्यक्रममा बोल्दै जनताको धन र ज्यानलाई सुरक्षित राखेर गरिने विकास नै दिगो हुने बताए। उनले भने, ‘विकास निर्माणका काम गर्दा राज्यले व

Read More

बाढीपहिरोबाट चार दिनमा १० जनाको मृत्यु, २६ बेपत्ता

Posted on June 20, 2023 | views : 392 |

असार ५,काठमाडौँ | असार महिनामा वर्षा, बाढी र पहिरोका कारण १० जनाको मृत्यु भएको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार प्रतिनिधि सभा बैठकमा असार २ गते रातिदेखिको अविरल वर्षा, बाढी र पहिरोका कारण १० जनाको मृत्यु भएको जानकारी गराएका हुन्। विपदका घटनामा ६ जना घाइते, २६ जना बेपत्त

Read More

नागरिकता माग्दै गरिएको प्रदर्शनमा एक युवकले गरे आत्महत्या प्रयास

Posted on June 20, 2023 | views : 499 |

असार ५,काठमाडौँ | नागरिकता माग्दै आन्दोलनमा उत्रिएका एक युवाले आज माइतीघरमा आत्महत्या प्रयास गरेका छन् । माइतीघरमा प्रदर्शनका क्रममा बाराका ४० वर्षीय सरोज शाहले डोरीले घाँटि कस्दै आत्महत्याको प्रयास गरेका छन् । उनलाई प्रहरी र साथीहरूले रोक्दै उद्धार गरेका छन् । नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको मु

Read More

भारत पाकिस्तानमा खेल्न नगएपछि पूर्व कप्तान मियादादको टिप्पणी, भन्छन्: भारत नगए केही फरक पर्दैन

Posted on June 20, 2023 | views : 418 |

एजेन्सी। भारतले आउन अस्वीकार गरेर एसिया कपको हाइब्रिड मोडल बनाउनु पर्ने अवस्था बनेकोमा पाकिस्तानका पूर्व कप्तान जावेद मियादादले कडा टिप्पणी गरेका छन्। उनले पाकिस्तानको क्रिकेट, भारतको भन्दा राम्रो रहेको भन्दै त्यहाँ आफूहरू नगए केही फरक नपर्ने बताएका छन्। ‘पाकिस्तान सन् २०१२ र २०१६ मा भारत गएको छ। अब

Read More

मन्त्रालयले प्रदेशको ठाउँमा अंक राखेर ल्याएपछि एमालेको विरोध, १५ मिनेटका लागि सदन स्थगित

Posted on June 20, 2023 | views : 353 |

असार ५,काठमाडौँ | प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । पर्यटन र सहरी विकास मन्त्रालयले प्रदेशको ठाउँमा अंक राखेर ल्याएपछि एमाले सांसदहरूले विरोध जनाएका छन् । सभामुखले रुलिङ गरेपनि एमाले सांसदहरूले अडान नछाडेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । सदनमा केही दिनयता मन्त्रालय

Read More

तीन वटै अदालतबाट दोषी ठहर भएका रेशम चौधरी फेरि चुनाव लड्न पाउँछन्?

Posted on June 20, 2023 | views : 370 |

असार ५,काठमाडौँ | टीकापुर घटनामा तीन वटै अदालतबाट दोषी ठहर भएका पूर्वसांसद् रेशम चौधरीलाई राष्ट्रपतिले माफी दिएपछि उनले २०८४ सालको चुनावमा उठ्ने अभिव्यक्ति सार्वजनिक रूपमा दिइरहेका छन्। मन्त्रिपरिषद्ले जेठ १२ र १४ गते गरेका दुई छुट्टाछुट्टै सिफारिसका आधारमा सरकारले गणतन्त्र दिवसका दिन रेशम चौधरीसहित

Read More

नेपाल राम र भारत सीता बिना अधुरा छन्: मन्त्री किराँती

Posted on June 20, 2023 | views : 339 |

असार ५, काठमाडौं | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल राम बिना र भारत सीता बिना अधुरो रहेको बताएका छन्।  नेपाल भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन हामीले एकअर्कालाई सम्मान गर्नुपर्ने उनको भनाइ छ । आज लुम्बिनीमा आायेजित अन्तर्राष्ट्रिय योग दिवसको अवसरलाई सम्बोधन क्र

Read More

प्रचण्डले उपेन्द्र यादवलाई कमरेड भनेपछि…

Posted on June 19, 2023 | views : 788 |

असार ४, काठमाडौँ | समाजवादी मोर्चा घोषणा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्बोधन गरिरहेका छन्। मोर्चा घोषणा कार्यक्रममा सबैभन्दा अन्तिम वक्ताको रूपमा प्रचण्ड बोलेका हुन्। सम्बोधनका क्रममा उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई कमरेड भनेपछि   हलम

Read More

प्रचण्डको अनुभव- एमालेसँग एकता गर्न हतारो गरेछौं, त्यतिबेला पनि मोर्चाबाट जानुपर्थ्यो

Posted on June 19, 2023 | views : 403 |

असार ४, काठमाडौँ | प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा गठनको बेलामा पार्टी एकताको लागि आफूहरुले हतारो गरेको बताएका छन् । समाजवादी मोर्चा घोषणासभालाई सम्बोधन गर्दै उनले मोर्चाबाट गएको भए सफल हुने विश्वास व्यक्त गरे । प्रचण्डले नेकपा बचाउन नसकेकोप्रति आत्मस

Read More

ओलीलाई सङ्केत गर्दै माधव नेपालले भने– तर्साउन र घुर्क्याउन मोर्चा बनाएका होइनौँ

Posted on June 19, 2023 | views : 372 |

असार ४, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चा कसैलाई घुर्क्याउन र तर्साउन गठन नगरिएको बताएका छन् ।  सोमबार काठमाडौँमा आयोजित समाजवादी मोर्चाको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मोर्चाबाट कोही आत्तिनु नपर्ने बताए ।  ‘हामीमा कुनै संर्किणता र आग्रह पनि छै

Read More

यो मोर्चा कसैलाई लक्षित गरेर बनेको होइन, अहिलेदेखि बर्बराउन पर्दैन: उपेन्द्र यादव

Posted on June 19, 2023 | views : 384 |

असार ४, काठमाडौँ | जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा कसैप्रति लक्षित नबनेको भएकाले अहिलेदेखि नतर्सिन आग्रह गरेका छन् । समाजवादी मोर्चा घोषणासभालाई सम्बोधन गर्दै उनले मोर्चा घोषणाअघि नै केही व्यक्तिहरु बर्बराउन थालेको बताए । उनको भनाइ जस्ताको तस्तै चार दल मिलेर साझा कुराह

Read More

सरकारलाई बालेनको आग्रह- बहाल कर स्थानीय तहको अधिकार हो, संघले लोभ नगरोस्

Posted on June 19, 2023 | views : 428 |

असार ४, काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई स्थानीय तहअन्तर्गत रहेको घर बहाल कर उठाउने कार्यका लागि सहजीकरण गरिदिन आग्रह गरेका छन् । उनले आज आयोगलाई पत्र लेख्दै हालसम्म संघीय सरकारअन्तर्गतका आन्तरिक राजश्व कार्यालयलगायतले संकलन

Read More

नेपाली बालिकाको भिडियो सेयर गर्दै मिसेल ओबामाले भनिन्- उनको कथाबाट उत्प्रेरित छु

Posted on June 19, 2023 | views : 440 |

असार ४, काठमाडौँ | अमेरिकी पूर्वप्रथम महिला मिसेल ओबामा परोपकारी कार्यका कारण विश्वभर चर्चित छिन् । पडकास्टमार्फत युवापुस्तालाई प्रेरणा दिनेदेखि ओबामा फाउण्डेसनबाट शिक्षा, स्वास्थ्य र महिला सशक्तीकरणमा उनको सक्रियता लोभलाग्दो छ । पति बाराक ओबामा ह्वाइट हाउसमा हुँदादेखि नै उनी कल्याणकारी कार्यमा सक्र

Read More