असोज ७, चितवन । भरतपुर अस्पतालमा पछिल्लो समयमा ठूला करोडौँ मूल्यका भवन निर्माणसँगै सेवा सुविधा विस्तार तथा आधुनिक प्रविधिको प्रयोग बढाउन थालिएको छ।

आकस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ७, चितवन । भरतपुर अस्पतालमा पछिल्लो समयमा ठूला करोडौँ मूल्यका भवन निर्माणसँगै सेवा सुविधा विस्तार तथा आधुनिक प्रविधिको प्रयोग बढाउन थालिएको छ।

आकस"/>

९ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुर अस्पतालमा सेवा विस्तार तीव्र, आधुनिक शवगृह निर्माण

७ आश्विन २०७३, शुक्रबार ०८:४८

असोज ७, चितवन । भरतपुर अस्पतालमा पछिल्लो समयमा ठूला करोडौँ मूल्यका भवन निर्माणसँगै सेवा सुविधा विस्तार तथा आधुनिक प्रविधिको प्रयोग बढाउन थालिएको छ।

आकस्मिक कक्षलाई पुनःनिर्माण गरी आधुनिक सफा र बिरामीमैत्री बनाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासैनीले जानकारी दिए।

अस्पतालको आकस्मिक कक्ष संरचनागत कमजोरीका कारण सन्तोषजनक नभएको गुनासा आएपछि अस्पतालले आकस्मिक कक्षमा सुधार गरी नयाँ रुप दिएको छ।

आकस्मिक कक्षमा सेन्ट्रल अक्सिजन आपूर्ति, भेन्टिलेटर, डिफ्रिबेलेटर, एसीसहित कक्षका लागि आवश्यक आधारभूत उपकरण र जनशक्तिको व्यवस्थापन गरिएको अस्पतालका मेसु डा द्रप्रसाद मरासिनीले जानकारी दिए।

यसअघि आइसियु, पोस्ट अपरेटिभ वार्ड, शल्यक्रिया कक्षमा समेत सेवा सुविधा विस्तार गरी प्रविधिमैत्री बनाइएको छ।

आइसियुलाई आधुनिक प्रविधि प्रयोग गरेर क्षमता विस्तार गरी २८ श्ययाको बनाइएको छ। विसं २०६६ मा सात बेडबाट आइसियु सुरु भएको थियो।

स्तरीय र आधुनिक श्ययाको समेत व्यवस्था गरिएको भरतपुर अस्पतालका अध्यक्ष विजय सुवेदीले जानकारी दिए। उनका अनुसार वृद्धवार्ड र पोस्ट अपरेटिभ वार्डलाई समेत विस्तार गरिएको र एकै ठाउँबाट छवटा सम्म शल्यक्रिया गर्न मिल्ने गरी शल्यक्रिया कक्षसमेत आधुनिक बनाइएको छ।

यही वर्षबाट भरतपुर अस्पतालमा सिटी स्क्यान ल्याउने कामसमेत सुरु भएको छ। भरतपुर अस्पतालले ‘ए’ र ‘बी’ ब्लकको निर्माण पूरा गरेसँगै ‘सी’ ब्लक भवन निर्माणसमेत सुरु गरेको छ। यसका लागि २८ करोड ८२ लाख रकम सरकारबाट स्वीकृत भएको अस्पताल विकास समितिले जनाएको छ।

भवनमा नेपाल सरकारको ८० प्रतिशत लगानी हुनेछ भने, भरतपुर अस्पतालको २० प्रतिशत लगानी हुनेछ।

भवनको तल्लो भुइँतलामा सिटी स्क्यान, एमआरआई, ल्याब, हिस्टोप्याथोलोजी, एक्स–रे, ल्याब, इसिजी, इको, कोलोनोस्कोपी, सिस्टोसकोपी, ब्रोङ्कोसकोपीलगायतका सेवा सुविधा उपलब्ध हुनेछ। अस्पतालमा सर्जिकल, न्युरो र कार्डियोलोजी विभाग रहेका छन्।

आधुनिक शवगृह निर्माण

सरकारी अस्पतालमध्येमै राजधानी बाहिर सुविधायुक्त मानिने चितवनको भरतपुर अस्पतालमा चार वर्षको अन्तरालपछि शवगृह निर्माण सम्पन्न भएको छ।

कलेज अफ मेडिकल साइन्सेज भरतपुर, चितवनको सहयोगमा व्यवस्थित शवगृह निर्माण भएको भरतपुर अस्पताल विकास समितिले जनाएको छ।

यसअघि पटकपटक शवगृह निर्माणका विषयमा भरतपुर अस्पताल र मेडिकल कलेजबीच मतान्तर हुँदा शवगृह अलपत्र अवस्थामा थियो। निर्माण सम्झौताका विषयमा विवाद हुँदा लामो समय शवगृह निर्माणको काम रोकिएको भरतपुर अस्पतालले समेत स्वीकार गरेको छ।

पछि अस्पताल विकास समितिले दिएको दबाबका कारण शवगृह निर्माण सम्पन्न भएको अस्पताल विकास समितिका अध्यक्ष विजय सुवेदीले जानकारी दिए।

यसअघि अस्पतालको मूलद्वारमै शवगृह हुँदा दुर्गन्ध फैलिँदै आएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीनको स्मार्ट ब्याट्री विकासः अब विद्युतीय गाडी बढी दिगो र भरपर्दो हुने पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो: पूर्वराष्ट्रपति डा यादव शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि शिक्षामन्त्री भट्टराईले राजीनामा दिइन् सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु उद्योगमा कोभिडको असर कायमै मादी नदी लिफ्ट खानेपानी योजना अधुरै गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण भालुको आक्रमणबाट महिला घाइते मुख्यमन्त्री कँडेलद्वारा निर्माण व्यवसायीसँग छलफल अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री खड्का रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता यथाशीघ्र सङ्घीय निजामती ऐन ल्याउन माग नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान प्रधानमन्त्रीले शिक्षकलाई वार्तामार्फत सहमति गरेर आन्दोलन समाप्त गर्न अनुरोध गरे रूपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता