२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुरै गाविस महिलाको कब्जामा

२०७३, ८ आश्विन शनिबार ०३:५५

प्रेम सुनार | असोज–८, गुल्मी । गुल्मी जिल्लामा जनप्रतिनीधी चयनको ईतिहाँसमा पहिलो पटक एक मात्र गाविस फोक्सीङ्गको वडा नागरिक मञ्च गठनको भेलाबाट ९ वटै वडाको नेतृत्वमा महिलाहरुले कव्जा जमाउन सफल भएका छन् ।

जिल्लाका प्राय धेरे जसो गाविसमा महिलाहरुले जनप्रतिनिधीहरुको  नेतृत्व लिन नसकी रहेको वेला फोक्सीङ्गका पुरै वडामा महिलाहरुले नेतृत्व लिएको खवरले आफुहरुलाई खुशी लागेको र यो सवल पक्षलाई अन्य गाविसले पनि अनुशरण गर्नु पर्ने स्थानिय विकास अधिकारी डिलाराम पन्थीले बताए ।

‘छन् त अन्य गाविसका केहि वडाहरुमा महिलाहरुले नेतृत्व लिएका छन् तर एउटै गाविसको पुरै वडामा महिलाहरुले नेतृत्व लिएको यो पहिलो हो –‘ अधिकारी पन्थीले भने–‘ नेपाल सरकारले सञ्चालन गरेको स्थानिय साशन तथा सामुदायिक विकास (एलजीसिडीपी )कार्यक्रमको मुल मर्म नै महिला , पछाडी पारिएका वर्ग समुदाय, अपाङ्गता भएका व्यक्ति, अति सिमन्तकृत अल्पसंख्यकलाई नीति निर्माणको तहमा पुरानु , उनिहरुलाई राज्यबाट पाएको सेवा सुविधा र अधिकार माग्न सिकाउनु , हरेक विकास निर्माणमा सहभागी बनाउनु र उनिहरुलाई आत्मानिर्भर बनाउनु हो ।’

उनले थपे–‘ गुल्मीमा सोही मर्म अनुरुप  यो कार्यक्रम सञ्चालन भई रहेको प्रति सन्तोष लागेको छ ।’ जिल्ला विकास समितिले सामाजिक संस्थाहरुलाई प्रतिष्पर्धा गराएर यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । फोकल पर्शन जिल्ला विकास समितिका कार्यक्रम अधिकृत विनोद मरासीनीका अनुसार जिल्लाका ९ वटा सामाजिक संस्थाहरुले सन्तोषजनक रुपमा यो कार्यक्रम सञ्चालन गरी रहेका छन् । ति मध्ये फोक्सीङ्ग सहित क्षेत्र नम्वर १ को ९ वटा गाविसमा सेवा प्रादायिक संस्था गतिशिल जनचेतना अभियान (डिपिसिसी)  गुल्मीले यो कार्यक्रम सञ्चालन गरेको छ । 

सो संस्थाका अध्यक्ष युवराज केसीले भने –‘हामीले उक्त कार्यक्रम  क्षेत्र नम्वर १ का ९ वटा गाविसहरुमा  जिल्ला विकास समितिबाट सञ्चालन गर्ने जिम्मा पाएका हौं, यसर्थ अधिकांस गाविसहरुमा महिलाहरुले नै नेतृत्व लिन पर्छ , अव महिलाहरु कुनै पनि क्षेत्रमा किनाराको साँछी जस्तै भएर बस्न हुँदैन , कार्यकारी भएर काम गर्नु पर्छ भन्ने प्र्रशिक्षणका साथ जन समुदायमा पुगेका हौं, तर पनि सवै गाविसमा सफल हुन नसके पनि फोक्सीङ्गमा ९ वटै वडामा महिलाहरुलाई नेतृत्वमा पुराउन सफल भएका छौं । यो सवल पक्ष र उदाहरणीय कार्य हो फोक्सीङ्ग पुरुषहरुलाई , धन्यबाद र त्यहाँका सवै महिलाहरुलाई बधाई दिनै पर्दछ ।’

सो संस्थाका कार्यक्रम संयोजक घनश्याम खरालका अनुसार फोक्सीङ्गको वडा नम्वर १ मा जैयमाया सुत्पराई वडा नागरिक मञ्चको संयोजक बनेकी छिन् । वडा नम्वर २ मा वालिका वलाल , वडा नम्वर ३ मा दिपकुमारी राना, वडा नम्वर ४ मा पार्वती राना, वडा नम्वर ५ मा हरिमाया राना, वडा नम्वर ६ मा नन्दकला सापकोटा , वडा नम्वर ७ मा राधिका केसी, वडा नम्वर ८ मा सिता राना र वडा नम्वर ९ मा कुमारी वलाल  वडा नागरिक मञ्चको संयोजक बनेका हुन् । 

तर  हरेवामा एक जना  पनि महिला  संयोजक नबनेर सवै वडामा पुरुषहरु संयोजक रहेकोले यो समाचार तयार पार्दै गर्दां सो संस्थाका अध्यक्ष केसीले त्यहाँकी सामाजिक परिचालिकालाई फोन गरेर कुनै न कुनै वडामा महिला संयोजक बनाउन पहल गर्न  सुझाव  दिई रहेका थिए ।

कार्यक्रम संयोजक खरालका अनुसार दिव्रुङ्गमा ६  वटा वडामा महिलाहरु संयोजक बनेका छन् । हर्राचौरमा ५  वटा वडामा महिला संयोजक बनेका छन् । शान्तिपुरमा ६ वटा वडामा महिला संयोजक बनेका छन् । हरेवा र ग्वाघामा भने  पुरै वडामा पुरुषहरु मात्रै संयोजक बनेका छन् ।

भुर्तङ्गमा ६ वटा वडामा महिला संयोजक बनेका छन् । खड्गकोटमा ३ वटा वडामा र पुर्तिघाटमा ५ वटा वडामा महिला संयोजक बनेको सो संस्थाले जनाएको छ । जिल्लाका ९ वडा सामाजिक संस्थाहरुले  वडा नागरिक मञ्च  गठनको जिम्मा लिएका छन् र धमाधम गठन प्रकृयामा सक्रिय छन् ।

अन्य संस्थाले  गठन गरेका  वडा नागरिक मञ्चका  यसरी एउटै गाविसका सवै वडाहरुमा महिलाहरुले नेतृत्व लिएको पाईएको छैन् । धेर जसो गाविमा पुरुषलाई संयोजक बनाएर महिलाहरुलाई  उप संयोजक बनाएको पाईएको छ ।

जनजाती समुदायको वाहुल्य रहेको फोक्सीङ्गले जिल्लामा महिलाहरुलाई अग्रपंक्तीमा राखेर आफ्नो   बेग्लै   परिचय दिएको छ । फोक्सीङ्गका विद्यालयमा समेत महिला नै महिला नै व्यवस्थापन समितिको अध्यक्ष महिला नै प्रधानध्यापक रहेर यस अघि पनि  परिचय दिईएको थियो  ।  त्यहाँका अधिकांस महिलाहरु, सिप विकास कार्यक्रममा सहभागि भएर आत्मानिर्भर बन्दै आएका छन् । व्यवसायीक तरकारी खेती , सिलाई कटाई ,  स्थानिय कच्च पदार्थबाट दैनिक प्रयोगमा ल्याईने घरयासी वस्तु उत्पादनमा भार्सेका महिला सरह नै अगाडी बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा