२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुरै गाविस महिलाको कब्जामा

८ आश्विन २०७३, शनिबार ०३:५५

प्रेम सुनार | असोज–८, गुल्मी । गुल्मी जिल्लामा जनप्रतिनीधी चयनको ईतिहाँसमा पहिलो पटक एक मात्र गाविस फोक्सीङ्गको वडा नागरिक मञ्च गठनको भेलाबाट ९ वटै वडाको नेतृत्वमा महिलाहरुले कव्जा जमाउन सफल भएका छन् ।

जिल्लाका प्राय धेरे जसो गाविसमा महिलाहरुले जनप्रतिनिधीहरुको  नेतृत्व लिन नसकी रहेको वेला फोक्सीङ्गका पुरै वडामा महिलाहरुले नेतृत्व लिएको खवरले आफुहरुलाई खुशी लागेको र यो सवल पक्षलाई अन्य गाविसले पनि अनुशरण गर्नु पर्ने स्थानिय विकास अधिकारी डिलाराम पन्थीले बताए ।

‘छन् त अन्य गाविसका केहि वडाहरुमा महिलाहरुले नेतृत्व लिएका छन् तर एउटै गाविसको पुरै वडामा महिलाहरुले नेतृत्व लिएको यो पहिलो हो –‘ अधिकारी पन्थीले भने–‘ नेपाल सरकारले सञ्चालन गरेको स्थानिय साशन तथा सामुदायिक विकास (एलजीसिडीपी )कार्यक्रमको मुल मर्म नै महिला , पछाडी पारिएका वर्ग समुदाय, अपाङ्गता भएका व्यक्ति, अति सिमन्तकृत अल्पसंख्यकलाई नीति निर्माणको तहमा पुरानु , उनिहरुलाई राज्यबाट पाएको सेवा सुविधा र अधिकार माग्न सिकाउनु , हरेक विकास निर्माणमा सहभागी बनाउनु र उनिहरुलाई आत्मानिर्भर बनाउनु हो ।’

उनले थपे–‘ गुल्मीमा सोही मर्म अनुरुप  यो कार्यक्रम सञ्चालन भई रहेको प्रति सन्तोष लागेको छ ।’ जिल्ला विकास समितिले सामाजिक संस्थाहरुलाई प्रतिष्पर्धा गराएर यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । फोकल पर्शन जिल्ला विकास समितिका कार्यक्रम अधिकृत विनोद मरासीनीका अनुसार जिल्लाका ९ वटा सामाजिक संस्थाहरुले सन्तोषजनक रुपमा यो कार्यक्रम सञ्चालन गरी रहेका छन् । ति मध्ये फोक्सीङ्ग सहित क्षेत्र नम्वर १ को ९ वटा गाविसमा सेवा प्रादायिक संस्था गतिशिल जनचेतना अभियान (डिपिसिसी)  गुल्मीले यो कार्यक्रम सञ्चालन गरेको छ । 

सो संस्थाका अध्यक्ष युवराज केसीले भने –‘हामीले उक्त कार्यक्रम  क्षेत्र नम्वर १ का ९ वटा गाविसहरुमा  जिल्ला विकास समितिबाट सञ्चालन गर्ने जिम्मा पाएका हौं, यसर्थ अधिकांस गाविसहरुमा महिलाहरुले नै नेतृत्व लिन पर्छ , अव महिलाहरु कुनै पनि क्षेत्रमा किनाराको साँछी जस्तै भएर बस्न हुँदैन , कार्यकारी भएर काम गर्नु पर्छ भन्ने प्र्रशिक्षणका साथ जन समुदायमा पुगेका हौं, तर पनि सवै गाविसमा सफल हुन नसके पनि फोक्सीङ्गमा ९ वटै वडामा महिलाहरुलाई नेतृत्वमा पुराउन सफल भएका छौं । यो सवल पक्ष र उदाहरणीय कार्य हो फोक्सीङ्ग पुरुषहरुलाई , धन्यबाद र त्यहाँका सवै महिलाहरुलाई बधाई दिनै पर्दछ ।’

सो संस्थाका कार्यक्रम संयोजक घनश्याम खरालका अनुसार फोक्सीङ्गको वडा नम्वर १ मा जैयमाया सुत्पराई वडा नागरिक मञ्चको संयोजक बनेकी छिन् । वडा नम्वर २ मा वालिका वलाल , वडा नम्वर ३ मा दिपकुमारी राना, वडा नम्वर ४ मा पार्वती राना, वडा नम्वर ५ मा हरिमाया राना, वडा नम्वर ६ मा नन्दकला सापकोटा , वडा नम्वर ७ मा राधिका केसी, वडा नम्वर ८ मा सिता राना र वडा नम्वर ९ मा कुमारी वलाल  वडा नागरिक मञ्चको संयोजक बनेका हुन् । 

तर  हरेवामा एक जना  पनि महिला  संयोजक नबनेर सवै वडामा पुरुषहरु संयोजक रहेकोले यो समाचार तयार पार्दै गर्दां सो संस्थाका अध्यक्ष केसीले त्यहाँकी सामाजिक परिचालिकालाई फोन गरेर कुनै न कुनै वडामा महिला संयोजक बनाउन पहल गर्न  सुझाव  दिई रहेका थिए ।

कार्यक्रम संयोजक खरालका अनुसार दिव्रुङ्गमा ६  वटा वडामा महिलाहरु संयोजक बनेका छन् । हर्राचौरमा ५  वटा वडामा महिला संयोजक बनेका छन् । शान्तिपुरमा ६ वटा वडामा महिला संयोजक बनेका छन् । हरेवा र ग्वाघामा भने  पुरै वडामा पुरुषहरु मात्रै संयोजक बनेका छन् ।

भुर्तङ्गमा ६ वटा वडामा महिला संयोजक बनेका छन् । खड्गकोटमा ३ वटा वडामा र पुर्तिघाटमा ५ वटा वडामा महिला संयोजक बनेको सो संस्थाले जनाएको छ । जिल्लाका ९ वडा सामाजिक संस्थाहरुले  वडा नागरिक मञ्च  गठनको जिम्मा लिएका छन् र धमाधम गठन प्रकृयामा सक्रिय छन् ।

अन्य संस्थाले  गठन गरेका  वडा नागरिक मञ्चका  यसरी एउटै गाविसका सवै वडाहरुमा महिलाहरुले नेतृत्व लिएको पाईएको छैन् । धेर जसो गाविमा पुरुषलाई संयोजक बनाएर महिलाहरुलाई  उप संयोजक बनाएको पाईएको छ ।

जनजाती समुदायको वाहुल्य रहेको फोक्सीङ्गले जिल्लामा महिलाहरुलाई अग्रपंक्तीमा राखेर आफ्नो   बेग्लै   परिचय दिएको छ । फोक्सीङ्गका विद्यालयमा समेत महिला नै महिला नै व्यवस्थापन समितिको अध्यक्ष महिला नै प्रधानध्यापक रहेर यस अघि पनि  परिचय दिईएको थियो  ।  त्यहाँका अधिकांस महिलाहरु, सिप विकास कार्यक्रममा सहभागि भएर आत्मानिर्भर बन्दै आएका छन् । व्यवसायीक तरकारी खेती , सिलाई कटाई ,  स्थानिय कच्च पदार्थबाट दैनिक प्रयोगमा ल्याईने घरयासी वस्तु उत्पादनमा भार्सेका महिला सरह नै अगाडी बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मिर्गौला फेल हुनुभन्दा पहिले पिसाबले दिन्छ यस्ता संकेत स्वर्णलक्ष्मी सहकारी ठगि प्रकरण: सरकारी वकिलको बहस सकियो आमनागरिक र समुदायलाई चिनेको बुझेको सरकार नै स्थानीय सरकार होः उपप्रमुख डंगोल ‘दल फुटाउने र मिलाउने काम मेरो होइन, त्यस्तो अध्यादेश आउँदैन’: प्रधानमन्त्री ओली लस एन्जलस क्षेत्रमा आगलागी: उक्त क्षेत्रका नेपालीहरूको के छ अवस्था? झारखण्डमा प्रिन्सिपलले छात्रालाई सर्ट खोल्न बाध्य पारेको घटना सार्वजनिक रविविरुद्ध सरकारी वकिलको बहस- ‘उहाँ जत्तिको मान्छेलाई कानुनको अनभिज्ञता क्षम्य हुनै सक्दैन’ विपिन जोशीको तस्बिर-अंकित प्लेकार्ड बोकेर तेल अभिभमा इजरायलीद्वारा प्रदर्शन स्विस बैंकमा मेरो पैसा छ भन्ने हल्ला चलाइयो, छानबिन गर्न तयार छु: प्रधानमन्त्री ओली अमेरिकाको लस एन्जलसमा भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो माघका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ? विपिन भाइ सकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छुः परराष्ट्रमन्त्री देउवा अहिलेसम्म अदालतमा हाजिर हुन गएनन् छवि, कहाँ छन् ? स्वर्णलक्ष्मी सहकारी गठी प्रकरण: रविको तर्फबाट सुशील पन्त‍ र रमन श्रेष्ठ‍ले मात्र बहस गर्ने आईएल टी-२० : दीपेन्द्रआबद्ध गल्फ पहिलो खेलमा पराजित, कुशलआबद्ध भाइपर्सको जित रास्वपा कोशी प्रदेश सभापतिलाई कारबाही गर्न बोलाइएको बैठक कोरम नपुग्दा रद्द रवि लामिछानेको थुनछेक बहस सुरू आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? अख्तियारद्वारा सिँचाइ विभागका इन्जिनियरविरुद्ध अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर चर्चित ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन