असोज ८, काठमाडौँ । काठमाडौँ महानगरपालिका–३५ सुविधानगरस्थित एकीकृत उपभोक्ता सङ्घले स्थानीय टोललाई सरसफाइ गरेर चिटिक्क बनाउने अभियान सुरु गरेको छ । 
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ८, काठमाडौँ । काठमाडौँ महानगरपालिका–३५ सुविधानगरस्थित एकीकृत उपभोक्ता सङ्घले स्थानीय टोललाई सरसफाइ गरेर चिटिक्क बनाउने अभियान सुरु गरेको छ । 
<"/>

2026-07-05 07:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुविधानगरलाई चिटिक्क बनाउने अभियान

2016-09-24


असोज ८, काठमाडौँ । काठमाडौँ महानगरपालिका–३५ सुविधानगरस्थित एकीकृत उपभोक्ता सङ्घले स्थानीय टोललाई सरसफाइ गरेर चिटिक्क बनाउने अभियान सुरु गरेको छ । 

आउँदो बडादसैँलाई दृष्टिगत गरेर टोलभित्रका सडक, चोक, गल्ली र देवालयलाई सफासुग्घर तुल्याउन स्थानीयवासी सबै सरसफाइ अभियानमा जुटेको सङ्घका अध्यक्ष मदनकुमार सि वाकोटीले बताउनुभयो । 

स्थानीय मिलीजुली चोकबाट सुरु भएको अभियानमा त्यस क्षेत्रका न्यायाधीश, राजनीतिज्ञ, प्राध्यापक, बुद्धिजीवी, कलाकार, पत्रकारसहितले हातमा खरेटो, कुचो, साबेल, फोहर उठाउने डोको र बोरा बोकेर आज एकाबिहानै सडकमा झरेका थिए । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण काकी र पूर्वमन्त्री अग्निप्रसाद खरेल सम्मिलित उक्त अभियानमा सातदेखि ८० वर्ष उमेर समूहका सबै टोलबासी सरिक थिए । 

सो क्रममा घरमा सटर भाडामा लिएर व्यापार र व्यवसाय सञ्चालन गरेकाहरुलाई सडक पेटीमा सर्वसाधारणलाई हिँड्डुल गर्न अप्ठ्यारो हुने गरी सामान नराख्न तथा पसलबाट आएको फोहरको उचित व्यवस्थापन गरेर टोललाई चिटिक्क बनाउने अभियानमा सहयोग पु¥याउन आग्रह गरिएको थियो । 

त्यस क्षेत्रका २३० घरधनी एकीकृत उपभोक्ता सङ्घसँग आबद्ध रहँदै आएका छन् । यसअघि उक्त सङ्घको अगुवाइमा वाग्मती किनारमा वृक्षरोपण समेत गरिएको थियो । सङ्घले त्यस क्षेत्रका सबै सडक र गल्लीमा अब सौर्यबत्ती जडानलाई प्राथमिकता दिने जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै