असोज १०, चितवन । चितवनका सडक क्षेत्रमा अव्यवस्थित रुपमा टाँगिएका तारले सवारी दुर्घटनासँगै मानवीय जोखिम बढाएको छ । 

जिल्लाका विभि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १०, चितवन । चितवनका सडक क्षेत्रमा अव्यवस्थित रुपमा टाँगिएका तारले सवारी दुर्घटनासँगै मानवीय जोखिम बढाएको छ । 

जिल्लाका विभि"/>

९ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

अव्यवस्थित रुपमा टाँगिएको तारले दुर्घटनाको जोखिम बढायो

१० आश्विन २०७३, सोमबार ०६:०१


असोज १०, चितवन । चितवनका सडक क्षेत्रमा अव्यवस्थित रुपमा टाँगिएका तारले सवारी दुर्घटनासँगै मानवीय जोखिम बढाएको छ । 

जिल्लाका विभिन्न क्षेत्र विद्युत्, टेलिफोन, केवलका तार अव्यवस्थित रुपमा टाँगिएको र तल्लो तहमा टाँगिएकाले ठूला सवारीलाई छुने गरेको छ । जसका कारण जोखिम बढेको चितवनका ट्राफिक कार्यालय प्रमुख राजन भेटवालले बताउनुभयो ।

कतिपय स्थानमा चुँडिएका तार झुन्डिएर बसेका छन् भने कतिपय स्थानमा तारका गुजुल्टो नै अव्यवस्थित रुपमा देखिएको छ । भेटवालका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा यत्रतत्र यस्ता समस्या रहेका छन् । नेपालमा धेरै क्षेत्रमा देखिएको यो समस्या चितवनमा पनि प्रसस्तै छ । 

चितवन उद्योग सङ्घका अध्यक्ष भीमबहादुर पाण्डे उद्योग क्षेत्र जाने आउने बाटोमा यसरी तार टाँग्दा सामान ल्याउन प्रयोग हुने ठूला गाडी जोखिममा पर्ने गरेको बताउनुहुन्छ । आफूहरुले गरेको अनुगमनमा समेत तार यत्रतत्र छरिएको अवस्थामा फेला पारिएको भन्दै अध्यक्ष पाण्डेले तत्काल व्यवस्थापन गर्न सम्बन्धित निकायसँग आग्रह गर्नुभयो । 

पश्चिम चितवनको शिवघाट, मङ्गलपुर, मेघौली, गीतानगर, पूर्व चितवनको रत्ननगर, पर्सा, भण्डारा, भरतपुरका विभिन्न क्षेत्रमा यस्तो समस्या छ । स्थानीय प्रशासनले चितवनमा अव्यवस्थित रुपमा तार टाँगिएको गुनासो आएपछि तत्काल तार हटाउन र व्यवस्थापन गर्न निर्देशन दिएको थियो । अझै निर्देशन कार्यान्वयन भएको छैन । 

विद्युत् पोलमै तार टाँगिएकाले कुनै बेला तार गाडीमा अड्किँदा विद्युत् प्रवाह भएर ज्यान जाने अवस्था समेत निम्तने खतरा बढ्दो छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दानव नदीमा बेपत्ता भएका दुई बालकको शव भेटियो भारतीय विद्युत् मन्त्री काठमाडौँमा अस्थायी आवास निर्माण गर्न अनुदान वितरण कक्षा १२ को परीक्षा निर्धारित समयमै सञ्चालन गर्ने बोर्डको निर्णय ब्राजिलियन फुटबल खेलाडी कार्लोस नेपालमा प्लाष्टिकजन्य फोहर नबाल्न कामपाको आग्रह बाबुआमाले लछारपछार गर्दा शिशुको मृत्यु वृद्धाश्रममा परिवारको खुसी खोजिरहेका अनुहारहरू कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल एक तोला सुनको मूल्य दुई लाख नजिक म्याग्दीको अर्मनमा ‘एक घर, एक धारा’ बर्सेनि बढ्दै चैते धानको आकर्षण बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन चीनको स्मार्ट ब्याट्री विकासः अब विद्युतीय गाडी बढी दिगो र भरपर्दो हुने पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो: पूर्वराष्ट्रपति डा यादव शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि शिक्षामन्त्री भट्टराईले राजीनामा दिइन् सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित