१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

सामूदायिक बन उपभोक्ता महासंघद्धारा हरियो बन कार्यक्रमको अनुगमन

२१ श्रावण २०७२, बिहीबार ०४:४१

साउन २१, मकवानपुर । सामूदायिक बन उपभोक्ता महासंघ
मकवानपुरद्वारा सञ्चालित हरियो बन कार्यक्रमको बुधबार अनुगमन गरिएको छ । बिगत दुई बर्षदेखि सञ्चालित
कार्यक्रमको सरोकारवालाले संयुक्त अनुगमन गरेका हुन् । मकवानपुरको मनहरी–१, लोथर, मनहरी–३, रमन्टार र
हेटौँडा १ र २ मा सञ्चालित हरियो बन कार्यक्रमको अनुगमन गरिएको थियो । कार्यक्रम जिल्ला बन कार्यालय
मकवानपुरका जिल्ला बन अधिकृत राजेन्द्रप्रसाद न्यौपानेको प्रमुख आतिथ्य तथा समूहका अध्यक्ष निरशंकर
लामाको अध्यक्षतामा भएको थियो ।

अध्यक्ष लामाले कार्यक्रमबाटै हरियो बन कृषि सहकारी संस्था गठन तथा परिचालन, जलवायु परिवर्तन
अनुकुलन कार्ययोजना (कापा) बनाई कार्यान्वयन शुरु, सिकाई केन्द्र सञ्चालन लगाएका कार्य भएको जानकारी
दिनुभयो । उहाँले हरियो बन कार्यक्रम सञ्चालन भएपछि महिलाहरुको सहभागिता र आर्थिक अबस्था बृद्धी भएको
बताउँनुभयो ।

त्यस्तै,
अनुगमन टोलीले मनहरीमै खानेपानीका लागि बोरिङ्ग, बंगुरपालन, तारजाली बाँधको समेत अनुगमन गरिएको थियो ।
मनहरी–३, रमन्टारमा लालिगुराँस सिकाई केन्द्रद्वारा सात सय बिरुवा बृक्षारोपण तथा संरक्षणकोपनि अवलोकन
गरिएको थियो । अनुगमनकै क्रममा हेटौँडा १ र २ कार्यक्षेत्र रहेको सुन्दर सामूदायिक बन उपभोक्ता
समूहद्वारा सञ्चालित क्रियाकलापकोपनि जानकारी लिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक