मोहम्मद ईजहार शेष/असोज १०, परासी । पश्चिमाञ्चल विकास क्षेत्रकै एकमात्र ईलम प्रशिक्षण केन्द्र नवलपरासीमा वि .सं २०७२ देखि हालसम्म २ सय ४० जना महिलाहरु सिलाई कटाईम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोहम्मद ईजहार शेष/असोज १०, परासी । पश्चिमाञ्चल विकास क्षेत्रकै एकमात्र ईलम प्रशिक्षण केन्द्र नवलपरासीमा वि .सं २०७२ देखि हालसम्म २ सय ४० जना महिलाहरु सिलाई कटाईम"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको ईलम प्रशिक्षणले दिएको सिलाई तालिमको उप्लब्धी न्युन

१० आश्विन २०७३, सोमबार १३:०६

मोहम्मद ईजहार शेष/असोज १०, परासी । पश्चिमाञ्चल विकास क्षेत्रकै एकमात्र ईलम प्रशिक्षण केन्द्र नवलपरासीमा वि .सं २०७२ देखि हालसम्म २ सय ४० जना महिलाहरु सिलाई कटाईमा निशुल्क तालिम लिएका छन् । 

उक्त तालिमहरुमा विशेष गरि रामग्राम नगरपालिका नवलपरासीको आर्थिक सहयोग रहेको छ भने नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग बाणिज्य संघ नवलपरावसीले पनि केही आर्थिक सहयोग गर्दै आएको छ ।

सो अवधिमा करिब साढे ६ लाखको लगानीमा खास गरी रामग्राम नगरपालिका भित्रका महिलाहरुलाई दिएको तालिममा तालिम प्राप्त महिलाहरु अहिले तालिमवाट सिकेका शिपलाई ब्यवहारमा परिवर्तन गर्न सकेका छैन्न । 

विशेष चासोका साथ तालिम दिने संस्था ईलम प्रशिक्षण केन्द्र नवलपरासीपनि तालिम दिसकेपछि परशिक्षार्थिहरुको अनुगमनको पाटो निकै कमजोड गरेको छ । तालिम दिसकेपछि महिलाहरुलाई स्वरोजगार बनाउने उद्धेष्यले सञ्चालन गरेको तालिमको उपलब्धी खासै देखिन सकेको छैन । 

खासगरि विपन्न बर्गका महिलाहरुलाई प्राथमिकतामा राखेर सञ्चालन गरिएको तालिमका तालिम प्राप्त परशिक्षाथिहरु धेरै जसो आर्थिक अभावका कारण सिलाई मेसिन किन्न नसकेर घरमा आराम गरि रहेको अवस्था छ भने केहि महिलाहरु मात्र तालिम पाएपछि अहिले सिलाई गरेपनि त्यो पेशालाई ब्यवसायिक बनाउन सकेका छैन्न । 

तालिम दिएपछि केन्द्रको अनुगमनको कमि  र तालिमपछि केहि आर्थिक अभावका कारण परशिक्षाथिहरुले सिकेको शिप ब्यवहारमा परिवर्तन नहुँदा उनिहरुको शिप दिनप्रति हराउदै गएको छ । तालिम प्राप्त धेरैजसो परशिक्षार्थिहरु अहिले सिप विर्सिसकेका छन् । 

परशिक्षार्थिहरु बारे जानकारी गराउदै ईलम परशिक्षण केन्द्र नवलपरासीका प्रमुख सुरेश पासवानले भने, “ वि.सं २०६४ सालमा स्थापना भएको यस ईलम परशिक्षण वाट तालिम लिएका केहीले मात्र ब्यवसायिक सिलाई कटाई गरेपनि , २०६८ साल यता तालिम प्राप्त परशिक्षार्थि ब्यवसायिक रुपमा लागेका छैन्न । 

त्यस्तै ईलम परशिक्षण केन्द्र नवलपरासीले एड्भान्स सिलाई कटाई , बेसिक कम्प्युटर कोर्स , कुसन बनाउने तालिम , ब्युटि पार्लर तालिम लगायतका विभिन्न निशुल्क र शशुल्क तालिम दिदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी