२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

जलजला क्याम्पसलाई आङ्गिक बनाउने निर्णयप्रति असन्तुष्टि

२०७३, ११ आश्विन मंगलवार ०५:३८

उमा केसी/असोज ११, रोल्पा । जलजला बहुमुखी क्याम्पस, रोल्पाले त्रिभुवन विश्वविद्यालयबाट लिएको सम्बन्धन त्याग्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस बन्ने निर्णयप्रति विद्यार्थीले असन्तुष्टि जनाएका छन् । 

विद्यार्थीलाई आधिकारिक जानकारी बिना नै हस्ताक्षर गराई आङ्गिकका लागि सो हस्ताक्षर प्रयोग भएको भन्दै विद्यार्थीले असन्तुष्टि जनाएका हुन् । क्याम्पसलाई कुन विश्वविद्यालयको आङ्गिक बनाउँदा फाइदा हुन्छ सोबारे व्यापक छलफल गर्नुपर्नेमा त्यसो नभएको बिएड तेस्रो वर्षका विद्यार्थी विनोद डाँगीले बताउनुभयो । क्याम्पसको सबैभन्दा नजिकको सरोकारवाला विद्यार्थी भए पनि विद्यार्थीलाई सोबारे जानकारी नहुनु दुःखद् रहेको डाँगीले बताउनुभयो । 

त्रिभुवन विश्वविद्यालयबाट हटाई मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक बनाउन नहुने भन्दै विद्यार्थीले बैठक बहिस्कार गरेका थिए । नियमित विद्यार्थीलाई जानकारी नै नदिई परीक्षा दिन आएका विद्यार्थीलाई हस्ताक्षर गराएको बिबिएस पहिलो वर्षका विद्यार्थी विशाल केसीले बताउनुभयो । विद्यार्थीलाई राम्रो हुने निर्णय गर्न लागेको भन्दै हस्ताक्षर गर्न लगाएको अर्का विद्यार्थी सीता केसीले बताउनुभयो । 

यस विषयमा जलजला बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्णप्रसाद न्यौपानेसँग प्रतिक्रिया बुझ्दा विद्यार्थीसँग यथेस्ट समन्वय भएको बताउँदै सुरुमै विद्यार्थीको भेलाद्वारा करिब २०० विद्यार्थीको उपस्थितिमा निर्णय भएको जानकारी दिनुभयो । 

हाल त्रिभुवन विश्वविद्यालयको प्रस्तावित क्याम्पस मात्र भएको हुँदा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक भए सरकारी सेवा सुविधासमेत प्राप्त हुने र क्याम्पसलाई दिगोरुपले सञ्चालन गर्न सकिने भएका कारण आफूहरु लागिपरेको बताउनुभयो । केही विद्यार्थी यस विषयमा प्रष्ट हुन नसकेका कारण सामान्य असन्तुष्टि आएको हुनसक्ने उहाँले बताउनुभयो । 

अहिले पनि क्याम्पसलाई आङ्गिक बनाउने प्रक्रियामा नजाने हो भने वर्षौंसम्म अवसरबाट वञ्चित हुने क्याम्पस प्रमुख न्यौपानेले बताउनुभयो । यसअघि जिल्लामा सर्वपक्षीय भेलाद्वारा जलजला बहुमुखी क्याम्पसलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक बनाउने निर्णय भएको थियो । 

सरकारले चालु आवमा मध्यपश्चिमाञ्चल विकास क्षेत्रका १० वटा क्याम्पसलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक बनाउने गरी कार्यक्रम तय गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से