असोज ११, मुस्ताङ । नेपालीको महान् पर्व बडादशैं र तिहारलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट ४५ हजार भेडा च्याङ्ग्रा बाहिरिने भएका छन् । 

जिल्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११, मुस्ताङ । नेपालीको महान् पर्व बडादशैं र तिहारलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट ४५ हजार भेडा च्याङ्ग्रा बाहिरिने भएका छन् । 

जिल्"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुस्ताङ्ग - MST

मुस्ताङबाट ४५ हजार भेडा च्याङ्ग्रा बाहिरिँदै

११ आश्विन २०७३, मंगलवार ०६:०३

असोज ११, मुस्ताङ । नेपालीको महान् पर्व बडादशैं र तिहारलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट ४५ हजार भेडा च्याङ्ग्रा बाहिरिने भएका छन् । 

जिल्ला पशुसेवा कार्यालय मुस्ताङका अनुसार यस वर्ष जिल्लाबाट मात्रै ४५ हजार सङ्ख्यामा भेडा च्याङ्ग्रा बाहिरिने भएका हुन् । प्रत्येक वर्ष दसँै तिहारको अघि जस्तै यस वर्ष पनि दसै“ तिहारका लागि मुस्ताङ जिल्लाबाट भेडा च्याङ्ग्रा बहिरिएका हुन् । मुस्ताङबाट म्याग्दी, पर्वत, बागलुङ, पोखरा, काठमाडौँ, तनहुँलगायतका जिल्लामा भेडा च्याङ्ग्रा बिक्री हुने गरेका छन् । 

हिमाली भेगमा हुर्केका भेडा च्याङ्ग्राको मासु स्वादिलो हुने भएकाले देशका विभिन्न बजारमा यसको माग उच्च रहेको छ । अहिले सामान्यतया २० देखि ४० किलोग्रामका च्याङ्ग्रा बजारमा गएको र एउटाको मूल्य न्यूनतम रु १५ हजारदेखि ३० हजारसम्म पर्ने गरेको जिल्ला पशुसेवा कार्यालय मुस्ताङका प्रमुख नन्दलाल बर्माले जानकारी दिनुभयो । 

विगतका वर्षमा तिब्बतबाट समेत भेडा, च्याङ्ग्रा आउने गरेको भएपनि यस वर्ष जिल्लाकै उत्पादनले पुग्ने भएकाले बाहिरबाट ल्याउन रोक लगाएको बर्माले बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष भेडा च्याङ्ग्राको मूल्यमा समेत वृद्धि भएको छ । गत वर्ष रु १५ हजारमा च्याङ्ग्रा बिक्री हुँदै आएकोमा यस वर्ष भने व्यापारीले मुस्ताङमै रु २० हजारमा बिक्री गर्दै आएका छन् । 

बर्सेनि बडादशैंका लागि चीनबाट समेत आउने भेडा च्याङ्ग्रा यसपटक आउन नसकेपछि अभाव हुने देखिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी