८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदूरपश्चिममा दुई महिनादेखि सिटामोल अभाव

११ आश्विन २०७३, मंगलवार ०६:५१

असोज ११, भीमदत्तनगर । सुदूरपश्चिममा विगत दुई महिनादेखि सिटामोल अभाव छ । यहाँका नौवटै स्वास्थ्य संस्थामा सिटामोल लगायत निःशुल्क वितरण गर्नुपर्ने औषधि अभाव भएको हो । 

आपूर्ति ठेक्कामा ढिलाइ हुँदा औषधि अभाव भएकाले धनगढीस्थित क्षेत्रीय मेडिकल स्टोरले हरेक जिल्ला जनस्वास्थ्य कार्यालयलाई सिटामोल खरिद गर्न निर्देशन दिएको छ । रु तीन लाखसम्मको सिटामोल खरिद गर्न जिल्लालाई जानकारी गराइसकेको सुदूरपश्चिम क्षेत्रीय स्टोरका प्रमुख लक्ष्मीकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

“दुई महिनादेखि सिटामोल अभाव भए पनि चरम समस्या भने छैन ।” उहाँले भन्नुभयो – “आपूर्ति गर्ने कम्पनी कारबाहीमा परेकाले अभाव भएको हो ।” 

“नेपाल औषधि लिमिडेटले सिटामोल उत्पादन सुरु गरिसकेको भनिएको छ ।” उहाँले भन्नुभयो – “दसैँअगावै वितरण हुने कुरो सुनिएको छ ।” जिल्लामा औषधि खरिदका लागि ठेक्का प्रक्रिया ढिलो गरी थालिएकाले पनि निःशुल्क रुपमा वितरण गरिने औषधि अभाव भएको हो । क्षेत्रीय स्टोर प्रमुख श्रेष्ठका अनुसार सुदूरपश्चिममा वार्षिक करिब दुई करोड चक्की सिटामोल खपत हुन्छ । 

स्वास्थ्य चौकीबाट ३८, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र जिल्ला अस्पतालबाट ७० प्रकारका औषधि निःशुल्क दिने व्यवस्था छ । सुदूरपश्चिममा कञ्चनपुर र बैतडीमा सिटामोलको बढी अभाव रहेको उहाँले बताउनुभयो । त्यसका साथै जिल्लामा सामान्य ज्वरो, पेटदुखाइ र वर्षात्मा हुने पानीजन्य रोगका औषधि अभाव छ । 

त्यसैगरी जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकृत हेमराज जोशीले सिटामोल केहीदिनअघि मात्रै स्थानीय बजारबाट खरिद गरी स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रमा पठाइएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो – “बजारबाट रु तीन लाखको सिटामोल खरिद गरेका छौँ ।” उहाँले अन्य औषधि खरिदका लागि केहीदिन भित्रै टेन्डर हुने बताउनुभयो । गत वर्ष पनि कञ्चनपुरका ठेक्का प्रक्रिय ढिलो हुँदा जिल्लामा औषधि अभाव भएको थियो । “सबै औषधि अभाव छ भन्ने होइन ।” जोशीले भन्नुभयो – “एकाध किसिमको औषधि अभाव भएको हो ।” 

कञ्चनपुरमा वार्षिक रु ५५ लाखको औषधि खरिदका लागि टेन्डर हुन्छ । अबको डेढ महिनाभित्र यहाँ औषधि अभाव नहुने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी