२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापमा प्रहरीद्वारा १० जनालाई पक्राउ

११ आश्विन २०७३, मंगलवार ०७:३९



प्रज्वल पौडेल । असोज ११ / काठमाण्डौ ।

जिल्ला प्रहरी कार्यालय रामेछापले १० जनालाई पक्राउ गरेको छ । सोमबार विहान -राती १ बजेसम्म मन्थली
नगरपालीका वडा नम्बर १ मा रहेको सोल्मारी होटलबाट मादक पदार्थ सेवनगरी हल्ला गर्दै
बसेको अबस्थामा पक्राउ गरि सोमबार
 दिउँसो सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मन्थलीबाट खटिएको गस्ति टोलीले मन्थली नगरपालीका १०
का बिमल कार्की
, मन्थली नगरपालीका ९ का सानुबाबु कार्की, मन्थली नगरपालीका १ का
सनम थापामगर
, मन्थली नगरपालीका ४ का संजय तामाङ, मन्थली नगरपालीका ८ का
पूर्ण खत्री
, मन्थली नगरपालीका १ का सतिष सुवेदी, मन्थली नगरपालीका २ का
बिकासबाबु श्रेष्ठ
, मन्थली नगरपालीका ६ का राजकुमार खत्री, मन्थली नगरपालीका २ का
सुदिप भुजेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकृत प्रेम
जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार होटलका सञ्चालक दोलखा जिल्ला भिमेश्वर नगरपालीका घर भएका २७
बर्षिय कृष्ण प्रसाद चौलागाईँलाई समेत पक्राउ गरिएको  छ ।

यसैवीच प्रहरी टोलीसँग आबेगमा आई गस्ती टोली माथी तथानाम गाली गलैच अभद्र व्यवहार
गरी प्रहरीको काम कार्वाहीमा अवरोध पुर्याएको भन्दै उनीहरूलाइ घटनास्थल बाटै
पक्राउ गरि आवश्यक कार्वाहीका लागी केही सार्वजनिक अपराध तथा सजाय ऐन २०२८
अन्तर्गत कार्वाही गर्न जिल्ला प्रशासन कार्यालय मन्थली बाट दिन १० म्याद लिई
कानून बमोजिम कार्वाही प्रक्रिया अगाडि बढाइएको सुचना अधिकृत जोशीले जानकारी
दिनुभयो ।
 

केहि दिन अगाडि सुरक्षा संवेदनशीलतालाई ख्याल नगरी कारागारबाट
निस्केर बजारक्षेत्रमा मदिरा सेवन गरेको अवस्थामा फेला परेका भन्दै
 रामेछाप कारागारका प्रहरी नायव निरीक्षक
छत्र पण्डित र चौकीदार खड्गबहादुर नेपालीलाई पक्राउ गरिएको थियाे ।





 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान