असोज ११, लमजुङ । बिभिन्न सामाजिक सेवामा कृयाशिल संस्था भिएसओले लमजुङका बिभिन्न बिद्यालयहरुमा गएर बालबालिकालाई व्यवहारिक शिक्षाको साथमा अन्र्तनि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ११, लमजुङ । बिभिन्न सामाजिक सेवामा कृयाशिल संस्था भिएसओले लमजुङका बिभिन्न बिद्यालयहरुमा गएर बालबालिकालाई व्यवहारिक शिक्षाको साथमा अन्र्तनि"/>

२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

अतिरिक्त कृयाकलापमा भिएसओको जोड, लावान्भित बन्दै लमजुङका बालबालिका

२०७३, ११ आश्विन मंगलवार ०८:५७


असोज ११, लमजुङ । बिभिन्न सामाजिक सेवामा कृयाशिल संस्था भिएसओले लमजुङका बिभिन्न बिद्यालयहरुमा गएर बालबालिकालाई व्यवहारिक शिक्षाको साथमा अन्र्तनिहित प्रतिभाहरुलाई प्रस्फुटन गराउने किसिमका कार्यक्रहरु संचालन गरेको छ । 

भोलेन्टीएर सर्भिस ओर्भसिज नामक उक्त संस्थाबाट नेपालमा लगभग पचाँस बर्ष अगाडी देखि बिभिन्न किसिमका सामाजिक कृयाकलापका लागि बेलायतबाट युवा भोलेन्टिएर हरु नेपालमा आई काम गरिरहेका छन् । 

त्यस्तै लमजुङ जिल्लामा पनि एक २०१२ देखि यो संस्था सकृय देखिएको छ । यसपटक १० औ व्याचका भोलेन्टिएर टिम लमज’ड।मा खटिएका थिए । 

लमजुङका समाजसेवी तथा सफल व्यक्तित्व कृष्ण ओलियाको नेतृत्वमा खटिएको उक्त भोलेन्टीएर टिमले बालबालिका तथा महिलाका स्वास्थ्यको बिषयमा राम्रो ट्रिट दिएर फर्किएका छन् । तिन महिनाको लमजुङ बसाईको क्रममा भिएसओले ज्ञानोदय उमावि साहिलीटार,सौभाग्यदय उमावि अल्कटार ,शिशु बिद्याश्राम तिनपिप्ले र शैलिपुत्री उमावि धमिलिकुवामा योगा प्रशिक्षण तथा मेमोरी क्लास  लिएको थियो । 

त्यति मात्र नभई धमिलीकुवा देखि भलायखर्क सम्मका महिला दिदि बहिनीहरुका लागि पाठेघरको स्वास्थ सम्बन्धि जनचेतना मुलक कार्यक्रको आयोजना गरेको थियो ।

तिन महिना सम्म पुर्वि लमजुड।मा खटिएका भिसओ का भोलेन्टीएर हरुले कार्यक्रमको अन्ततिर आईपुग्दा धमिलीकुवा गरमबेशीको सारदा माविमा रिडिङ फेएर कार्यक्रमका साथमा सास्कृतिक कार्यक्रमको पनि आयोजना गरेको थियो । 

उक्त कार्यक्रममा सोहि बिद्यालयका बालबालिकाहरुले आ आफ्नो प्रतिभा देखाउने मौका समेत पाए । कविता तथा कथा लेखनमा प्रतियोगिता गराएर भिसओले बिद्यार्थी भित्र रहेको अन्र्तनिहित प्रतिभालाई बाहिर ल्याउनका लागि सहयोग गरेको भन्दै बिद्यालय व्यवस्थापनका अध्यक्ष कृष्णमान श्रेष्ठले भिएसओलाई बधाई दिए । 

साथै भिएस ओलाई आफ्नो आगँनमा ल्याएर बाल बच्चालाई सकारात्मक सन्देश प्रवाह गर्नका लागि सहयोग पु¥यानुभएको भन्दै भिएसओको नेतृत्व गरेर आउने समाजसेवी कृष्ण ओलियाको पनि खेलेर प्रशंसा गरे । 

उक्त रिडिड। फेएर कार्यक्रममा लमजुड।का जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल,सामुदायिक पुस्तकालयका अध्यक्ष गणेश प्रसाद न्यौपाने तथा शिक्षा बिद् तथा साहित्यकार पशुपति पौड्यालको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ