असोज ११, पोखरा । संचार प्रविधि विज्ञ महाविर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई पोखराको कुमुदिनी होम्स् उमाविले आर्थिक सहयोग गरेको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११, पोखरा । संचार प्रविधि विज्ञ महाविर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई पोखराको कुमुदिनी होम्स् उमाविले आर्थिक सहयोग गरेको छ । 
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कुमुदिनी होम्स् उमाविद्धारा राष्ट्रिय आविष्कार केन्द्रलाइ सहयोग

११ आश्विन २०७३, मंगलवार ०९:५८

असोज ११, पोखरा । संचार प्रविधि विज्ञ महाविर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई पोखराको कुमुदिनी होम्स् उमाविले आर्थिक सहयोग गरेको छ । 

मंगलबार एक कार्यक्रमको आयोजना गरी विद्यालयका संचालक समिति अध्यक्ष अशोक पालिखेले नगद सहयोग पनलाई प्रदान गरेका हन् । सो विद्यालयमा अध्ययनरत विद्यार्थीबाट संकलित र संस्थाका तर्फबाट गरि ५५ हजार पाँच सय ५५ रुपियाँ केन्द्रलाई सहयोग गरिएको छ ।

नेपालका विभिन्न क्षेत्रमा आविष्कार र अनुसन्धानको विकास गर्ने उद्देश्यले सो केन्द्र स्थापना गरिएको हो । पुन सो संस्थाका संस्थापक हन् । विभिन्न समयमा सरकारी प्रयासमा यस प्रकारको संस्था स्थापना हुनु पर्दछ भनी पहल गरेका पुनले सहयोग पाउन नसके पछि सर्वसाधरणहरुसँग सहयोगको लागि आव्हान गरेका थिए । 

त्यो आव्हान पछि सर्वसाधरणहरुले सहयोगका लागि हात अगाडि बढाएका हुन् । केन्द्र स्थापनाका लागि बेगनास ताल नजिकै रहेको उनले जग्गा समेत प्रदान गर्ने घोषणा गरिसकेका छन् ।

विद्यालयमा आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रममा पुनले सहयोगका लागि विद्यार्थीहरुलाई धन्यवाद दिदँै आविष्कार केन्द्र निमार्णका लागि देशव्यापी अभियान चलाएको बताए । देशको विकास गर्ने सपना पूरा गर्नका लागि अभियान चलाएको बताउँदै केन्द्रको स्थापना पछि नयाँ आविष्कार र अनुसन्धान गर्ने क्षमतामा मद्दत पुग्ने विश्वास रहेको धारणा राखे । 

कार्यक्रममा विद्यालयका अध्यक्ष पालिखेले उनलाई स्वागत गर्दै निजि क्षेत्रको शैक्षिक संस्थाका रुपमा केन्द्रलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । 

सोही कार्यक्रममा सार्दीखोलाका हिमालयन प्रावि र बाराही प्राविलाई पनि नगद सहयोग प्रदान गरिएको थियो । कुमुदिनीको संयोजनमा संचालित कुवेरा छात्रवृत्ति अन्र्तगतको रकम हिमालयनका प्रधानाध्यापक माधव प्रसाद गौतमलाई ५० हजार र बाराहीका प्रधानाध्यापक राम आचार्यलाई २० हजार एक सय २० रुपियाँ हस्तान्तरण गरिएको हो ।

सो छात्रवृत्ति जर्मन समाजसेवी रेनर कुवेराले स्थापना गरेका हुन् जसको संयोजन पालिखेले गर्दै आएका छन् । सो रकमबाट बाढीले क्षति गरेको हिमालयन प्रावि जोड्ने पुलको छेउ निमार्णमा खर्च गरिने प्रअ गौतमले जानकारी दिए । उक्त पुल कुवेराको आर्थिक सहयोगमा निमार्ण गरिएको थियो । 

त्यसैगरी बाराही प्राविमा अध्ययनरत ३३ जना विद्यार्थीहरुलाई पोशाक खरिद गर्न सहयोग रकम खर्च गरिने प्रअ आचार्यले बताए । सार्दीखोला गाविसमा रहेका दुवै विद्यालयका विद्यार्थीलाई कुमुदिनीले शैक्षिक सामाग्री सहयोग गर्दै आएको छ । तस्वीर: सञ्जय शाक्य ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी