असोज ११ पर्वत । जिल्लाको देउपुर गाबिसमा निर्माण सम्पन्न भएको जननेत्र उमाबिको पाँच कोठे भबनको आज एक भब्य समारोहका बीच उद्घाटन गरिएको छ । बिद्यालयका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११ पर्वत । जिल्लाको देउपुर गाबिसमा निर्माण सम्पन्न भएको जननेत्र उमाबिको पाँच कोठे भबनको आज एक भब्य समारोहका बीच उद्घाटन गरिएको छ । बिद्यालयका "/>
२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जर्मनी नागरिकले गरे जननेत्र उमाविको पाँच कोठे भवनको उद्घाटन

२०७३, ११ आश्विन मंगलवार १३:३९

असोज ११ पर्वत । जिल्लाको देउपुर गाबिसमा निर्माण सम्पन्न भएको जननेत्र उमाबिको पाँच कोठे भबनको आज एक भब्य समारोहका बीच उद्घाटन गरिएको छ । बिद्यालयका भूतपुर्ब बिद्यार्थी दीपेन्द्र चापागाईको पहलमा जर्मन नागरिक जर्नोट काराको सहयोगमा सो भवन निर्माण गरिएको हो ।


बिद्यालयमा आज आयोजित कार्यक्रममा भवनको उद्घाटन गर्दै प्रमुख अतिथि जर्मनी नागरिक जर्नोट काराले छोटो समयमा नै भवन निर्माण कार्य सम्पन्न भई नया भवनमा बिद्यार्थीहरु अध्ययन गरिरहेको देख्न पाऊँदा आफूलाई निकै खुशी लागेको बताउनु भयो । बिद्यालयको शैक्षिक तथा भौतिक बिकासका साथै सूचना प्रबिधिको क्षेत्रमा सहयोग गर्न आफू सदैब तयार रहेको उहाँको भनाई थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि कारा, उहाँका सहयोगीहरु, बिद्यालय लाई सहयोग गर्ने चन्दादाताहरु, निर्माण समितिका सदस्यहरुलाई बिद्यालयले भब्य स्वागत र सम्मान गरेको थियो ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर गुरुङ को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा निर्माण समितिका संयोजक अमृत प्रसाद चापागाई, सदस्य लिलानाथ शर्मा, बिब्यस सदस्य भुमिराज तिमिल्सिना, प्रअ दिपक शर्मा लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

गत बर्ष बैशाख १२ गते आएको बिनाशकारी महाभुकम्पले बिद्यालयका भबनहरु पूर्ण रुपले क्षति ग्रस्त भएपछि भूतपूर्ब बिद्यार्थीहरु, शिक्षक, अभिभाबक र बिभिन्न संघ संस्थाहरुको पहलमा बिद्यालयमा पुन निर्माणको कार्य एक बर्ष भित्र सम्पन्न भएको बिद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से