असोज ११ पर्वत । जिल्लाको देउपुर गाबिसमा निर्माण सम्पन्न भएको जननेत्र उमाबिको पाँच कोठे भबनको आज एक भब्य समारोहका बीच उद्घाटन गरिएको छ । बिद्यालयका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११ पर्वत । जिल्लाको देउपुर गाबिसमा निर्माण सम्पन्न भएको जननेत्र उमाबिको पाँच कोठे भबनको आज एक भब्य समारोहका बीच उद्घाटन गरिएको छ । बिद्यालयका "/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जर्मनी नागरिकले गरे जननेत्र उमाविको पाँच कोठे भवनको उद्घाटन

११ आश्विन २०७३, मंगलवार १३:३९

असोज ११ पर्वत । जिल्लाको देउपुर गाबिसमा निर्माण सम्पन्न भएको जननेत्र उमाबिको पाँच कोठे भबनको आज एक भब्य समारोहका बीच उद्घाटन गरिएको छ । बिद्यालयका भूतपुर्ब बिद्यार्थी दीपेन्द्र चापागाईको पहलमा जर्मन नागरिक जर्नोट काराको सहयोगमा सो भवन निर्माण गरिएको हो ।


बिद्यालयमा आज आयोजित कार्यक्रममा भवनको उद्घाटन गर्दै प्रमुख अतिथि जर्मनी नागरिक जर्नोट काराले छोटो समयमा नै भवन निर्माण कार्य सम्पन्न भई नया भवनमा बिद्यार्थीहरु अध्ययन गरिरहेको देख्न पाऊँदा आफूलाई निकै खुशी लागेको बताउनु भयो । बिद्यालयको शैक्षिक तथा भौतिक बिकासका साथै सूचना प्रबिधिको क्षेत्रमा सहयोग गर्न आफू सदैब तयार रहेको उहाँको भनाई थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि कारा, उहाँका सहयोगीहरु, बिद्यालय लाई सहयोग गर्ने चन्दादाताहरु, निर्माण समितिका सदस्यहरुलाई बिद्यालयले भब्य स्वागत र सम्मान गरेको थियो ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर गुरुङ को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा निर्माण समितिका संयोजक अमृत प्रसाद चापागाई, सदस्य लिलानाथ शर्मा, बिब्यस सदस्य भुमिराज तिमिल्सिना, प्रअ दिपक शर्मा लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

गत बर्ष बैशाख १२ गते आएको बिनाशकारी महाभुकम्पले बिद्यालयका भबनहरु पूर्ण रुपले क्षति ग्रस्त भएपछि भूतपूर्ब बिद्यार्थीहरु, शिक्षक, अभिभाबक र बिभिन्न संघ संस्थाहरुको पहलमा बिद्यालयमा पुन निर्माणको कार्य एक बर्ष भित्र सम्पन्न भएको बिद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी